पत्रकार हुँ भनेर धम्की दिने वीरगञ्जका विष्णु सर्राफ पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख ५ | मध्यान्ह १२:०१ बजे

बारा, वैशाख ५ । बाराको प्रसौनी गाउँपालिमा पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् ।
उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।























