देश

सामाजिक सञ्जालमा होन्डाको नाममा आएको फेक लिंक नखोल्न होन्डा कम्पनीको आग्रह

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह १२:०४ बजे

काठमाडौ । अहिले होन्डाको ७० औं वार्षिकोत्सवको अवसरमा उपहार दिने भनिएको लिंक सामाजिक सञ्जालमा भाइरल भइहेको छ। उक्त लिंक तथा घोषणामा कुनै सत्यता नभएको होन्डा कम्पनीले प्रष्ट पारेको छ।

होन्डा कम्पनीको नेपालमा रहेको आधिकारिक बितरक श्याकार ट्रेडिङले सार्वजनिक सूचना जारी गर्दै सर्व साधारणहरुलाई त्यस्तो फेक लिंक नखोल्न भनी आग्रह गरेको छ।

सर्वसाधारणको व्यक्तिगत सूचनासम्म पहुँच राख्‍नका लागि आएको फेक लिंक भएकाले कसैले पनि नखोल्न कम्पनीले आग्रह गरेको छ।

होन्डासँगै यमाहा पनि यस्तै फेक लिंक आइरहेका छन्। उपहारको प्रलोभन देखाएर व्यक्तिगत सूचनामा पहुँच राख्ने गलत मनसायले यस्ता लिंक आइरहेका छन्।

कमेन्टहरु