अपराध

तपश्वीको परिचय बनाएका बमजनले पाए सफाइ

नवलपुर टुडे
२०८२ बैशाख ४ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ, वैशाख ४ । तपश्वीको परिचय बनाएका रामबहादुर बमजनले यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ पाइका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् ।

न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।

सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप उनीमाथि थियो । सर्लाही जिल्ला अदालतले यसअघि बमजनलाई दोषी ठहर गरेको थियो । तर, सो फैसला उच्चले उल्ट्याएको हो।

कमेन्टहरु