बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

विपदबाट बनेका घरको रकम चाडै निकासा हुने

उमेश रोकाया
२०८२ बैशाख २ | मध्यान्ह ०७:०१ बजे

बाजुरा , बैशाख ०२ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिका- ४ को फैती गाउँको दलित बस्ती बिस्तार संगै नयाँ विपदबाट निर्माण गरिएको घरहरू पैसा यही महिना भित्र पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय बाजुरा र हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर टोलि सहित विपद घरहरू स्थलगत पुगेर अनुगमन सहित त्यहाँका बस्ती स्थित बारेमा बुझ्न घरदैलो गएका छन । नयाँ वर्ष अवसरमा जिल्ला प्रशासन कार्यालय बाजुराका जिल्ला प्रमुख अधिकारी मेघनाथा पाध्या टोलि र हिमाली गाउँपालिका प्रमुख नयाँ बस्तीमा गएर नयाँ वर्ष शुभकामना आदानप्रदान गर्दै खुशी बाड्दै भेटघाट कार्यक्रम गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयन्त मल्लले बताउनुभयो ।

उहाँले बताउनुभयो , “नयाँ बस्ती बिस्तार संगै विपदबाट बनेको घरको रकम उपलब्ध माग मात्र होइन त्यहाँ बाटो, खानेपानी, विधुत र स्कुल सबै कुराको सुबिधा चाहिन्छ । खानेपानी व्यवस्था संगै विधालय जानको लागि गाउँ भन्दा नजिकै रहेकोे छ । हिजो अस्ति मात्र विद्युतको लाइन विस्तारका लागि हामीले पहल गरेर समिति गठन बनाएर बत्ति जोड्न लागेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।”

विकास निर्माण कामहरू गर्दै आएका छौँ । हामीले गर्ने कुरा कर्तव्य गरेको छ । दुई पटक गाउँपालिका अध्यक्षमा भोट दिएर जिताउनु भयो । बाँधु देखि गुम्बासम्म सक्ने सहयोग गर्ने ठाउँमा विकास गर्ने लागेका छु । नयाँ बस्तीलाई स्थान्तरण गरेको घरहरूको पाउने रकम निकास गर्न धेरै पहल कदमी गरेर आज सफल भएका छौँ । दुई तीन वर्षसम्म धेरै दुख पाउनु भयो । दलित बस्ती एउटा घरलाई पाँच लाख बराबर घर निर्माण गरेको छ । पाउने छुटेका देखि अन्तिम किस्ता रकमको लागि पहल गरिरहेका छौँ ।

जिल्लामा धेरै जिल्ला अधिकारी प्रमुख पटकपटक पहल मात्र होइन पत्र सहित पठाउदा बल्लतल्ल अहिले कार्यरत जिल्ला अधिकारी प्रमुख संग तेस्रो अथवा अन्तिम किस्ता रकम हिमाली गाउँपालिका १ सय २९ घरहरू लागि यही महिना रकम खातामा हाल्ने कुरा भएको अध्यक्ष मल्लले बताउनुभयो ।

उहाँले बताउनुभयो , “नयाँ वर्ष संगै जिल्ला प्रशासन बाजुरा जिल्ला प्रमुख अधिकारी विपद निर्माण गरेको घर आगन सुख शान्तिले बस्न पाउन भन्दै साना नानीबाबु पठनपाठन मिलोस भन्दै हिमाली गाउँपालिका ४ को फैती गाउँ पुग्नु भएको छ । नयाँ बस्ती सुन्दर बस्ती बनाउन हिमाली गाउँपालिका अध्यक्षले अर्थ प्रयासमा लाग्नु भएको छ । आफू जिल्लामा आएको ६ महिना भयो अहिले सफल भएको छु । पहिलो किस्ता पाएका छन । थोरै बाकी रहेकोे जिल्ला प्रशासन बाजुरा जिल्ला प्रमुख अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।”

हिमाली गाउँपालिका १ सय २९ जना तेस्रो किस्ता सहित नियम गर्न सकिने सबै रकम दिन्छौं । अन्तिम किस्ता दुई लाख सम्म रकम जिल्ला विपदको बैठक यहीँ बैशाख ७ गते बैठक बस्छौं । सबै कागज पत्र आइसकेपछि खाता ढिलाइमा यो महिना अन्तिम छिटोमा १५ गतेभित्र पैसा हाल्ने भएको छ । विपद घरहरू रकम दिलाउन जिल्ला पहिलो प्राथमिकता दिएर काम गरिएको छु । संघ, प्रदेश र स्थानीय तहको रकम साझेदारी हुँदा २/३ वर्ष ढिला भएको हो । अहिले विपदबाट घर निर्माण गरिएका घरहरू नपाएका घरको पैसा पाउने पाध्याले बताउनुभयो ।

कमेन्टहरु