विमानस्थलबाट सात किलो गाँजासहित एकजना पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख २ | मध्यान्ह ०३:०१ बजे

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेका विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनले भने, “थाई एयरको उडानमार्फत बैंकक हुँदै गए राति (वैशाख १) नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।”
थप अनुसन्धानका निम्ति भिजयनलाई लागुअषौध ब्युरो कोटेश्वर पठाइएको छ ।























