स्वास्थ्य

कृष्णनगर प्रहरी जवानहरुकाे स्वास्थ चेकजाँच सम्पन्न

धर्मेन्द्र कुमार कुर्मी
२०८२ बैशाख १ | बिहान ०६:०१ बजे

 कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरम नेपाल प्रहरीकाे स्वास्थ चेकजाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ। इलाका प्रहरी कार्यालय कृष्णनगरकाे आयाेजना तथा शिवराज अस्पताल र छन्द कालेबाबु आँखा अस्पताल बहादुरगंजकाे प्रविधिक सहयाेगमा कृष्णनगर इप्रका लगायत मताहत रहेका प्रहरी चाैकी जवानहरुकाे समेत स्वास्थ चेकजाँच गरिएकाे प्रहरी निरिक्षक सुरज खत्रीले बताउनुभयो ।

photo 2025 04 14 06 07 54

स्वास्थ चेकजाँच कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीहरूकाे नियमित स्वास्थ्य परीक्षण गरिएकाे थियाे जसमा रक्तचाप, मधुमेह, दाँत, आँखा, रगतकाे विभिन्न प्रकारका परिक्षण लगायतका चेकजाँच भई सम्पन्न गरिएकाे छ । कार्यक्रमकाे उद्देश्य प्रहरीकाे स्वास्थ्यमा सुधार ल्याउने, उनीहरूलाई सशक्त बनाउने र सेवामा अझ प्रभावकारी बनाउनुका साथै दीर्घकालीन राेगहरुकाे पहिचान गरि सजिलै उन्मुलन गर्ने उद्देश्य रहेकाे प्रहरी निरिक्षक खत्रीले बताए । कार्यक्रममा कुल ६२ जना प्रहरी जवान र कर्मचारी समेतकाे चेकजाँच भएकाे थियाे ।

कमेन्टहरु