घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दामा चट्याङ लागेर ६ भेडा मरे

उमेश रोकाया
२०८१ चैत्र ३० | मध्यान्ह ०२:१२ बजे

बाजुरा , चैत ३० । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका – ३ मा चट्याङ लागेर ६ भेडा मरेका छन । सोही वडाको छातेपातल भन्ने ठाउँमा भेडीगोठमा चट्याङ लागेर स्थानिय जंगलाल बुढाका ६ वटा भेडा मरेको बुढीनन्दा नगरपालिका उपप्रमुख राम बहादुर बोहराले बताएका छन ।

उप प्रमुख बोहराका अनुसार हिजो राती करिव ८ बजेतिर परेको चट्याङले भेडाहरु मरेको बताए ।
सो ठाउँमा अन्य के कती क्षेती भयो भन्न प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहान ११ बजे मात्र प्रहरीलाई खवर भएकोले प्रहरीको टोली घटना स्थल नपुगेकोले क्षेतीको एकीन बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कमेन्टहरु