मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कर्णाली पारीका दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिदै

उमेश रोकाया
२०८१ चैत्र ३० | मध्यान्ह १२:१२ बजे

बाजुरा, चैत ३० । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँ बस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिदै गएका छन् । गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुने गरी प्रत्येक वर्षमा सडक खन्ने कामलाई निरन्तरता दिदै अँएपछि अहिले यहाँका दुर्गम गाउँ बस्ती सडक सञ्जालमा जोडिदै थालेका हुन् ।

यहाँका अधिकाशं गाउँ बस्ती सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको स्वामिकार्तिक खापर गाउँपालिका –२ का स्थानीय नरे लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “ पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न दुइ चार दिन पैदल यात्रा गुर्न पथ्र्यो । अहिले गाउँमा सडक पुगेपछि ती सामाग्री गाडीमा दुइ चार घण्टामा घर पुग्छ । ”

गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोनन्त गरि दिन पाए त्यसपछि यहाँका स्थानीयलाई थप सुविधा हुने लुहारले बताउनुभयो । स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जालले जोडिएका छन् । यहाँका अधिकाशं गाउँ बस्ती ती सडकको पहुँचमा छन् भने केही गाउँ बस्तीमा सडक पुगेको छैन् । वडा नम्बर २ को सुपाना, छुददरी, पुडेनी र वडा नं –१ को काम्ती, मुक्तीकोट गाउँ लगायतका बस्तीमा सडक पुगाउँने कार्यलाई निकै तीब्रता दिदै आईएको छ ।

यहाँका अधिकाशं बस्तीको बीच बीचमा ठुला चट्टान भएकोले त्यस ठाउँमा सडक अन्न निकै समस्या भएकोले ती बस्ती सडक सञ्जालको पहुँचमा ढिलाई भएका हुन् । अहिले यहाँका ती ठुला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँ बस्तीलाई सडक जोड्ने काम भइरहेको स्वामिकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पारसबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ कर्णाली नदिमा पक्की पुल छैन् । पक्की पुल नहुँदा गाडीलाई आउजाउ गर्नका समस्या भएको छ । यहाँ हिउँदको महिना काम चलाउँका लागि हामीले केही वर्ष देखि कर्णाली नदिमा फेरी राखेका छौ । अहिले त्यो फेरीले नै यहाँ साना जिप वारपार हुने गरको छन् । ” अहिले कर्णाली नदिमा पर्ने वाईको गदुमा पक्की पुल निर्माणको काम भइरहेको छ । त्यो पुल निर्माण भइसकेपछि यहाँका सवै वडामा सवारी साधानलाई आउजाउमा गर्न निकै सहज हुने शाहीले बताउनुभयो ।

कमेन्टहरु