मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
अस्पतालमा रक्तस्रावले छट्पटीकी शाहीलाई पत्रकार कट्टेल द्वारा रक्तदान


बाजुरा , चैत २९ । अत्याधिक रक्तस्राव भएर कोल्टी अस्पतालमा उपचारत मुगु जिल्ला सोरु गाउँपालिका – ५ की ३० वर्षिया मंग्री शाहीलाई सामुदायीक रेडियो अपिका प्रबन्ध निर्देशक कट्टेलले रगतदान गर्नुभयको हो । रगतको मात्रा कम भएर जीवन मरणको दोसाँधमामा पुगेकि छिमेकी जिल्लाकी शाहीलाई रगत प्रदानले केही सहज भएको स्वास्थ्यकर्मी प्रेम नेपालीले बताएका छन । अत्याधिक रक्तस्राव भएर उहाँको HB लेबल ६ सम्म पुगेको अस्पताल श्रोतले जनायको छ ।
शाहीको गृह पालिकाका स्वास्थ्य संस्थामा उपचार सम्भब नभएपछि शाही थप उपचार खोज्दै चार घण्टाको गाडी यात्रामा कोल्टी आउनुभएको हो । कोल्टीमा उपचार पश्चात् रगतको कमि देखिएपछि आबश्यक रगतको खोजी भयको थियो । उहाँलाई A पोजेटिभ रगतको आबश्यक देखिय पनि तत्काल उपलब्ध गर्न समस्या भएको हो । शाहीको रगत समुह सङ्ग मिल्दो जुल्दो रगतको खोजी भएपनि तत्काल उपलब्ध हुन नसकेपछि समस्या भएको आफन्तले बताएका छन ।
पत्रकार कट्टेल र शाहीको रगत समूह मिले सङ्गै रगत प्रदान गर्न सहज भयको छ । रगत चेकजाँच गरेर रगत प्रदान गरिएको अस्पताले जनाएको छ । पत्रकार कट्टेलको रगत सहयोगले बिरामी शाहीको पिडामा मलम लागेको छ । महिनावारीको समयमा अत्याधिक रक्तस्रावको पिडाले शाहीलाई सताउने गरेको परिवारले बताएका छन । यसअघि पनि बेला बेला यस्तै समस्या हुने गरे पनि उहाँको उपचार हुन सकेको थिएनन् ।
कोल्टी अस्पतालमा उपचारत शाही उदाहरण पात्र मात्रै हुन । बेल बेला यस्ता थुप्रै बिरामी आउने गरे पनि सहज उपचार हुन सकेको छैन । कोल्टी अस्पतालमा रगत बैंक नहुदा रगत मिल्ने समूहका ब्यक्ती खोजेर उपचार गर्ने गरिएको छ । ब्लड बैंक नहुदा रगत अभावले छटपटाइरहेको गर्भवती तथा सुत्केरीलाई रगतदाता खोजेर उपचार गर्ने गरिएको छ । बाजुरा लगायत हुम्ला, मुगु र कालिकोट छिमेकी जिल्लाका बिरामीको उपचार केन्द्र कोल्टी अस्पतालमा ब्लड बैंक नहुदा दुर्गमका बिरामीलाई सुबिधा सम्पन्न ठाउँमा रेफर गर्ने गरिएको छ ।























