मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

काँग्रेस बुढिनन्दा नगरकार्य समितीको दोस्रो नगर सम्मेलन सुरु

उमेश रोकाया
२०८१ चैत्र २८ | मध्यान्ह ०२:१२ बजे

बाजुरा , चैत २८ । नेपाली काँग्रेस बुढिनन्दा नगरकार्य समितीको दोस्रो नगर सम्मेलन कार्यक्रम सुरु भएको छ। नेपाली काङ्ग्रेस सह-महामन्त्री एवम् संस्कृती,पर्यटन तथा नागरिक उड्यन मन्त्री बर्दिप्रशाद पाण्डेले उद्घाटन गर्नु हुदै दोस्रो नगर सम्मेलन सुरु गरिएको हो ।

कार्यक्रम बुढिनन्दा नगरपालिकाको कोल्टी सिवपार्कमा एक औपचारिक कार्यक्रमका विच सूरु गरिएको पत्रकार जितजंग कटेलले जानकारी दिएका छन् । नगर सभापती डबल बहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती संस्कृती,पर्यटन तथा नागरिक उड्यन मन्त्री बर्दिप्रशाद पाण्डे रहनुभएको छ ।

त्यस्तै कार्यक्रमका विशिष्ट अथिती पुर्व पार्टी सभापती मान बहादुर रावल,सुदूरप्रश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाही,काँग्रेस प्रदेश कार्यसमिती सदस्य धनराज पण्डित,जिल्ला कार्यसमिती उपसभापती पदम बडुवाल,नारायण पाध्याय रहनु भएको छ । त्यस्तै अथितीमा महासमिती सदस्य पदम कुमार गिरी,पुर्व जिल्ला समन्वय समिती प्रमुख नरेन्द्र रोकाया लगायत रहनु भएको छ ।

कमेन्टहरु