देश

विभिन्न ठाउंमा संविधान विरोधी कार्यक्रम संपन

नवलपुर टुडे
२०७७ अशोज ४ | बिहान ०८:०६ बजे

जनकपुर । असोज ३ गते देशले संविधान दिवस मनाई रहदां संयुक्त दलित संघर्ष समिति प्रदेश नंबर २ ले संविधान विरोधी कार्यक्रम घोषणा गरेको थियो, पुर्व घोषित कार्यक्रम अनुसार प्रदेश नंबर २को विभिन्न ठाउंमा संविधान विरोधी कार्यक्रम संपन भएको छ।

धनुषाको जनकपुर तथा हिरासतमा हत्या गरिएको शंभु सदाको गाउं सबैला मा भव्य कार्यक्रम संपन्न भएको छ। जनकपुरमा संघर्ष समितिको अगुवाइमा सैकड़ौ कार्यकर्ताले संविधान विरोधी ब्यानर प्लेकार्ड सहित नगर परिक्रमा गरि जनकपुरको जनकचौकमा कोणसभामा परिणत भि विभिन्न वक्ताहरुले आ आफ्नो धारणा राखेको थियो, २०७२को संविधान दलितको हक हितमा नभएको जिकिर गरे, एकल नश्लवादी बाहुनवादि द्वारा निर्मित संविधानले दलितको अधिकार शुनिश्चित नहुने बताए।
photo6284975345778141903
संविधान कै त्रुटिहरूको कारण जनता द्वारा बहुमतले निर्वाचित रेशम चौधरी जेलमा तथा जनता द्वारा वहिस्कार गरिएको वामदेव गौतम सदनमा रहेको संयोजक चन्देश्वर दास ले बताए। यो संविधानले छुवाछुत जातिविभेद पनि उन्मुलन गर्न नसक्ने दलितको समानुपातिक प्रतिनिधि पनि नहुने भएकोले संविधान पुनर्लेखन गर्नु पर्ने, निर्वाचन कानुन पनि संसोधन गरिनु पर्ने, एकल जातिय खस आर्यको व्याख्या मात्र गरिएको आरक्षण को ५५% हिस्सा शाशक जातिले मात्र उपभोग गर्ने व्यवस्था कुनै पनि हालतमा मान्य नहुने भंदै दलित अगुवा हरुले आक्रोश व्यक्त गरे।
उक्त कार्यक्रमको प्रमुख वक्ता संघर्ष समितिको संयोजक चन्देश्वर दास ले नेपालको संविधान २०७२लाइ सोहि कार्यक्रममा च्यातेको थिए ।
photo6284975345778141905
यसैगरि धनुषाको सबैला मा प्रहरि हिरासतमै हत्या गरिएको शंभु सदाको आमाले संविधान च्यातेर संविधानमा आगो लगाउंदा प्रहरिले दमन गरेको थियो प्रहरि दमन पछि प्रहरि द्वारा दलित महिलाहरुको माथि लाठि चार्ज गरेर कार्यक्रम विथोल्ने प्रयास गरेको थियो।

कमेन्टहरु