मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

युवाको सक्रियतामा फोहोर संकलन ठाउँ बनाए

उमेश रोकाया
२०८१ चैत्र २४ | मध्यान्ह ०७:१२ बजे

बाजुरा , चैत २४ । चैत दशैको अवसरमा गाउँका युवाको सक्रिय भएर फोहोर संकलन गर्ने ठाउँ बनाएको छ । हिमाली गाउँपालिका – ६ पाँडी गाउँमा फोहोर संकलन गर्ने ठाउँ बिना रकम बनाएको छ । आउदै गरेको २०८२ साललाई यहाँका प्रत्येक नागरिकलाई सचेत बनाउनको लागि सरसफाइ अग्रसर बनाउन फोहोर संकलन गर्ने ठाउँ बनाइएको छ ।

उहाँले बताउनुभयो , “गाउँ, टोल र धारा नजिकै फोहोर बढ्दो अवस्था हुँदा फोहोर संकलन गर्नुपर्छ भन्ने भावनाले आफ्नो मनसाय भएको हुनाले अबको पुस्ता काम गरेर खानुपर्छ काम गर्दा खेरि हामी सफल हुन्छौं ।” अबको दिनमा जताततै फोहोर देखिने लागेको छ । यसलाई नष्ट गर्न फोहोर जम्मा गर्ने सरसफाइ लगायत आउँदा दिनहरुमा सफा स्वच्छ रहने भएको हिमाली गाउँपालिका – ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारीले बताउनुभयो ।

यतिमात्र नभएर सार्वजनिक ठाउँमा पाहुना घर बनाउनका लागि सम्बन्धि ठाउँमा पहल गर्ने बनिसकेपछि त्यहीँ स्थानीय स्तरमा पाइने कागुनो, चिनो, कोदो, फापर लगायत परिकार खुवाउने व्यवस्था समेत गरिने भएको छ । बिना लगानीमा गाउँका युवाहरूलाई सक्रिय बनाएर फोहोर संकलन गर्ने ठाउँ बनाएको छ ।

उहाँले बताउनुभयो , “यहाँका नागरिकलाई स्वच्छ सफा बनाउन टोल बस्तीमा फोहोर संकलन ठाउँ बनाउने काम गरिएको छ ।” केही दिनका लागि तत्काल सफा गाउँ बनाउनका निम्ति गाउँ ५/६ युवाको भुमिका यो बनाइएको हो । केही काम गर्नुपर्छ भन्ने हिसाबले समय सहि सदुपयोग गर्दा राम्रो होला भन्ने हिसाब आज चैत दशैको अवसरमा गाउँमा फोहोर संकलन गर्ने ठाउँ बनाएको हिमाली गाउँपालिका – पाँडी गाउँका स्थानीय दिपक भण्डारीले बताउनुभयो ।

जुवा ताज खेल्नु भन्दा सानोतिनो काम भएपनी समाजिक काम लागि गर्नुपर्छ भन्ने तरिकाले फोहोर संकलन केन्द्र बिना पैसा श्रमदान गरेर फोहोर कुहिने र नकुहिने दुइटा फोहोर संकलन गर्ने ठाउँ बनाएको छ ।

कमेन्टहरु