कोशी प्रदेश

पाँचथरमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु, तीन जना घाइते

नवलपुर टुडे
२०८१ चैत्र २२ | बिहान ०६:१२ बजे

पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

बिहीबार दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको थियो । डढेलोबाट हात्तीपोखरी बस्ने ४ जना घाँस, काट्न जाने क्रममा जलेर घाइते भएकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

हात्तीपोखरी बस्ने २२ वर्षीया प्रतिमा सम्वाहाम्फेलाई थप उपचारको लागि धरान लगिएकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् । त्यस्तै २८ वर्षीया सपना सम्वाहाम्फे ,उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे, ६० वर्षीया निरमाया सम्वाहाम्फे घाइते छन् ।

गम्भीर अबस्थाका उनीहरूको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु