जसपाका अध्यक्ष उपेन्द्र यादव र स्वीटजरल्यान्डकी राजदूत केपलरबीच भेटवार्ता

जगत ठाडा मगर
२०७८ साउन ६ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ ।
अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो । भेतवार्तामा यादव र केपलरबीचको देशको पछिल्लो समयमा भएको राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले जनाएको छ ।
अध्यक्ष यादवले राजदूतसँग शिष्टाचार भेटघाट भएको बताए । ‘भेटघाटमा एक अर्काको बारेमा समान्य भलाकुसारी हुन्छ, त्यही भएको हो, कुनै उद्देश्यले भेटघाट नभएकोले यादवले बताए । राजदूत केपलरले हिजो प्रधानमन्त्री देउवालाई पनि भेटेकी थिइन् ।






















