मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
बुढापाका गाउँमा युवा जति परदेशमा


बाजुरा, चैत २० । बाजुराका अधिकाशं गाउँ बस्तीमा यती बेला बुढापाका मात्र घरमा देखिने गरेका छन् । गाउँमा गरिखाने केही उपाए नभएपछि यहाँका सबै युवा युवतीहरु धन कमाउन परदेशीन थालेपछि अहिले यहाँका गाउँ बस्ती बुढापाका मात्र देखिन थालेका हुन् । यहाँका युवा युवतीहरुका लागि गाउँमै बस्ने केही वातावरण नभएकोले उनीहरु परदेशीन बाध्य भएका छन् ।
कामको खोजीमा युवा भारतमा पलायन हुनु र गाउँमा केही गरिखाने काम नपाईनुले पनि यहाँका युवा भारतमा जाने गरेका हुन् । उसो त यहाँका युवाहरु भारतमा जाने प्रचलन छ । पहिला गाउँमा सडक , शिक्षा , स्वास्थ्य , खोनपानी लगायतका केही विकास भएका थिएन । उनीहरुलाई केही गरौ भने पनि त्यस्तो वातावरण नै थिएन ।
अहिले यहाँका अधिकाशं गाउँ बस्ती सडक सञ्जालले छोएका छन् । तर पनि यहाँका युवाहरुले भने कामको खोजीका लागि भारतमा जान भने छोडेका छैन् । गाउँमा केही गरी खाने केही वातावरण नमिलेपछि परिवार पाल्नकै लागि कामको खोजीमा परदेशीने गरेको बुढीगङ्गा नगरपालिका –१ अम्कोटका स्थानीय बादुरे नेपाली बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पढेलेका युवाका लागि त गाउँमा केही काम छैन् । म नपढेकोलाई के काम मिल्नु । भोकै गाउँमा बस्न सकिदैन । त्यसैले पेट पाल्नकै लागि भए पनि भारतमा जान बाध्य हुने गरेको छु । ”
म केही नढेकोले मलाई भारतमा पनि काम मिल्न गाह्रो हुन्छ । तर पनि गाडी धुने चौकीदारी गर्ने काम मिल्छ । त्यति कामलाई ईमान्दारी सँग गरेर घरमा आमा बुवालाई खर्च पठाउँने गरेको नेपालीले बताउनुभयो । पहिला गाउँमा विकास थिएन । एक पालिका देखि अर्को पालिका सम्म पुग्न दुई÷चार दिन पैदल हिड्नु पथ्र्यो । अहिले त्यो समस्या छैन् । यहाँका प्रत्येक गाउँ बस्ती सडक सञ्जालको पहुँचमा छन् । गाउँमै यातायातको सुविधा छ ।
तर पनि यहाँका अधिकाशं युवाहरु भारतमा जाने क्रम भने अहिले सम्म रोकिएको छैन् । बुढापाकाले घरमा धानेका छन् । भने युवा युवतीहरु भारतका विभिन्न ठाउँमा कामको खोजीमा भौतारिएका छन् ।
यहाँका हिमाली , जगन्नाथ , स्वामिकार्तिक , बुढीनन्दा , गौमूल , त्रिवेणी , बुढीगङ्गा र खप्तड छेडेदहलगायका स्थानीय तह देखि प्रत्येक दिन झण्डै पाँच सय युवा युवतीहरु जिल्ला देखि बाहिरिने गरेका छन् ।
कसैको घरमा ताला लगाएको पाइन्छ । भने कसैको घरमा बुढापाका मात्र देखिने गर्दछन् । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र सडक सुविधा भए पनि युवाका लागि विदेश स्वर्ग र गाउँ नर्क जस्तै बनेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले यहाँका अधिकांश बेरोजगारी युवाहरुले गाउँमै रोजगारी पाउँने गरेको त्रिवेणी नगरपालिकाका रोजगार सहायक गोरख अयडीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रुपान्तरण पहल कार्यक्रम छ । यो कार्यक्रमले यहाँका चालिस जना युवालाई पचास दिने सीप मुलक तथा क्षमता विकास तालिम दिने गरेका छौ ।” यो तालिम पाएका ती चालिस जना युवालाई अहिले सय दिने रोजगारका लागि फिल्ड काममा खटाएको अयडीले बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुराको बडीमालिकामा तीन हजार ४४६, त्रिवेणीमा तीन हजार ३५०, बुढीगङ्गामा चार हजार २७७, बुढीनन्दामा तीन हजार ४५२, गौमुलमा एक हजार ६५०, हिमालीमा एक हजार ७२२, जगन्नाथमा एक हजार ६८४, स्वामिकार्तिक खापरमा दुई हजार २२३ र खप्तड छेडेदहमा तीन १७४ घरपरिवार बसोबास गर्दै आएका छन् ।























