मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
महिलाको प्रजनन स्वास्थ्य तथा रुगुणता सम्बन्धि शिविर हुने

उमेश रोकाया
२०८१ चैत्र १८ | मध्यान्ह ०७:१२ बजे

बाजुरा , चैत १८ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा महिलाहरुको लागि प्रजनन स्वास्थ्य तथा रुगुणता सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । चैत महिनाको २० गते हिमाली गाउँपालिकाको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा महिलाहरुको लागि प्रजनन स्वास्थ्य तथा रुगुणता सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको स्वास्थ्य शाखा प्रमुख गोविन्द बहादुर सहकारीले बताउनुभयो ।
शिविरमा विशेषज्ञ चिकित्सकद्धरा चेक जाच तथा निशुल्क औषधी वितरण, पाठेघरको मुखको क्यान्सरको जाच, आङ खसेका महिलाहरुलाई रिंग पेशरी सेवा, यौन रोगहरुको उपचार, गर्भवती जाच सेवा गरिनेछ । मौकाको फाइदा लिनहुन सुचना मार्फत जानकारी दिएको सहकारीले बताउनुभयो ।


















