मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु

उमेश रोकाया
२०८१ चैत्र १८ | बिहान ०८:१२ बजे

बाजुरा , चैत १८ । बाजुराकाे खप्तड छेडेदहमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेलाका दिल्ली बहादुर रावतको छोरा अन्दाजी ८ वर्षीय बिजय रावतको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बाेहराका अनुसार घरबाट करिब २ किलोमिटर टाढा रहेको छानोको आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरेको थियो ।

तत्काल स्थानीयहरुले हाेहल्ला गरेपछि छानोदेखि करिब १५० मिटर टाढा बालकलाई छोडी बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको सूचना अधिकारी बाेहराले बताए । साे घटनाकाे जानकारी पछि प्रहरी चाैकी माैरेबाट प्रहरीको टाेलि घटनास्थलमा पुगेको थियो । मृतक बालकको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको छ ।

कमेन्टहरु