मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

मोतिबिन्दु शल्यक्रिया शिविरमा १ सय ३ जनाको अप्रेसन सयौंको उपचार

उमेश रोकाया
२०८१ चैत्र १७ | मध्यान्ह १२:१२ बजे

बाजुरा , चैत १७ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका धुलाचौरमा नि: शुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा १ सय ३ जनाको आँखा अप्रेसन गरिएको छ । करिब ७ सयभन्दा बढी मान्छेहरूको आँखा उपचार भएर गाउँ तिर फर्केका छन । हिमाली गाउँपालिका आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल प्राविधिक सहयोग रुइत फाउण्डेशन काठमाणडौंको आर्थिक सहयोगमा मोतिबिन्दु शल्यक्रिया शिविर चैत १५ र १६ गतेसम्म सञ्चालन गरिएको हि । शिविर दुई दिन गर्ने भनेको तीन दिनसम्म सञ्चालन गरेर आज सम्पन्न गरिएको छ ।

चैत १० गतेदेखि १३ गतेसम्म प्रत्येक वडामा आँखा चेकजाँच शिविर सञ्चालन गरेर आँखा अप्रेसनका लागि छनोट गरेका मान्छेलाई मोतिबिन्दु शल्यक्रिया गाउँपालिकामा शल्यक्रिया गरिएको हो । हामीले विशेषज्ञ डाक्टर मार्फत आँखा अप्रेसन गरेको छ । आँखा दुई तीन वर्ष फरकमा खोजी खोजी गाउँ बाट ल्याउदा आँखा बिग्रेकोलाई आँखा चेकजाँच संगै अप्रेसन भएका गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले बताउनुभयो , “हिमाली गाउँपालिका रहेकोे धुलाचौरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अपांग स्वास्थ्य जाँच परिक्षण परिचयपत्रको लागि सिफारिस शिविर सुरु गरिएको छ । उक्त शिविरमा १ सय ५३ जनाले अपांग स्वास्थ्य जाँच परिक्षण गरेका छन ।” हिमाली गाउँपालिका, आई.डि.एस. नेपाल बाजुराको साझेदारी र जिल्ला अस्पताल बाजुराको प्राविधिक सहयोगमा एक दिने अपांग स्वास्थ्य जाँच परिक्षण परिचयपत्रको लागि सिफारिस शिविर सम्पन्न गरिएको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।

कार्यविधि अनुसार डाक्टर सल्लाह र अपाङ्ग समिति निर्णय अनुसार अपाङ्ग परिचयपत्र दिने भएको छ । स्वास्थ्य चेकजाँच गर्न जिल्ला बाहिर धनगढी सुर्खेत जानुपर्ने स्थिति अहिले पालिकामा भएपछि बाहिर जान बन्द भएको छ । यहाँका सर्वसाधारण मान्छेलाई खुट्टा हात आँखा लगायत अपाङ्ग व्यक्तिलाई स्वास्थ परिक्षण गरिएको छ । डाक्टर चेकजाँच अनुसार अपाङ्ग समितिले निर्णय अनुसार गाउँपालिकाले अपांग परिचयपत्र दिइने भएको पाण्डेले बताउनुभयो ।

उहाँले बताउनुभयो , “दुर्गम पालिकाका स्थानीयलाई जिल्ला बाहिर धनगढी काठमाडौ जानुपर्ने धेरै रुपैयाँ खर्च गरेर जानुपर्ने थियोे । अहिले गाउँपालिकामा आँखा शल्यक्रिया शिविर सञ्चालन गरेपछि त्यसको अन्त्य भएको छ । आँखा चेकजाँच मात्र नभएर आँखा ठुलो समस्या भएको मान्छेको आँखा देख्ने भएका छन । आँखा शिविरमा हिमाली गाउँपालिका जनता मात्र नभएर हुम्ला र मुगु जिल्लाका मान्छेले समेत सेवा पाएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।”

सर्वसाधारण जनताहरुलाई आँखा चेकजाँच साथै अप्रेसन सेवा पाएपछि खुशी भएका छन । अहिले गाउँका वृद्धहरु आँखा अप्रेसन सेवा लिएपछि आँखा हेर्न सक्ने, हिड्न सक्नेसम्म भएका छन । आँखा सम्बन्धि रोगको उपचार गर्न टाढा जानुपर्ने दुख हटाउन पालिकामा विशेषज्ञ डाक्टर ल्याएर शिविर सञ्चालन गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

कमेन्टहरु