राजनीति

कपिलवस्तुमा राजासहितको हिन्दु राज्यको लागि विशाल मोटरसाइकल र्‍याली

धर्मेन्द्र कुमार कुर्मी
२०८१ चैत्र १७ | बिहान ०६:१२ बजे

कपिलवस्तु । राजासहितको हिन्दु राष्ट्र कायम गर्नका लायन्स फोर्स कपिलवस्तुले एक बृहत मोटरसाईकल र्‍याली निकालिएको छ।

शिवराज नगरपालिकाकाे खरेन्द्रपुरस्थिति पृथ्वी चाैकदेखि र्‍याली चन्द्राैटा, बहादुरगंज हुँदै कृष्णनगर गाेलघरमा काेण सभा गरि फर्केकाे छ । र्‍यालीमा प्रदेश सभा सदस्य जानकी यादव, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, स्थानीय श्याम मिश्रा, प्रेम शंकर शुक्ला र राम सेवक यादव लगायतका सैयाैं नेता हजारौं कार्यकर्ताकाे उपस्थिति थियाे ।

कोण सभामा सम्वोधन गर्दै शिवराज नगरपालिका नगर प्रमुख थापाले हिन्दु राष्ट्र कायम गर्न शसक्त आन्दोलन गर्नुपर्नेमा हामी पछि हुनेछैनो भन्दै सभाको समापन गर्नुभयो।

कमेन्टहरु