मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

छेपी सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्रमा

उमेश रोकाया
२०८१ चैत्र १६ | मध्यान्ह ०३:१२ बजे

बाजुरा, चैत १६ । लाखौँ बजेटबाट निर्माण गरेका सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । बैकल्पिक उर्जा, एन साप र इकोको अप्रेसन संस्थाको साझेदारीबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धि विहीन भएका छ । हिमाली गाउँपालिकामा – ६ बोल्डिक गाउँ नजिकै रहेकोे छेपी लिफ्ट सिँचाइ निर्माण योजना लथालिङ्ग अवस्थामा छ ।20250329 091159

उहाँले बताउनुभयो , “हिमाली गाउँपालिकामा – ६ छेपिमा भएको लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले खासै टिकाउ भएनन् । हिमाली गाउँपालिका छेपी सोलार प्रणाली मार्फत निर्माण भए पनि अहिले आयोजना सञ्चालनमा नरहेको स्थानीय पुर्णलाल पाण्डेले बताउनुभयो । सोलार प्रणालीबाट सञ्चालन गरिएका सिँचाइ आयोजना खासै सफल भएका छैनन् । एन साप संस्थाले प्राविधिक सहयोग बैकल्पिक उर्जाले सोलार पाताको जिम्मा लिएको र इकोको अप्रेसन संस्थाले सञ्चालन गर्नका लागि ट्रेनिङ जिम्मामा लिएर काम गरिएको हो ।

छेपी सोलार लिफ्टिङ सिचाइ योजना २० वर्षपहिला पहल कदम पछि बनाउन सफल भएको हो । २०७० साल मंसिर महिनामा सुरुवात गरिएको हो । सामान ढुवानी मार्तडी सम्म संस्थाले जिम्मा लियो मार्तडी देखि यहाँसम्म ढुवानी गर्न स्वयं आफैले बोकाएर पनि त्यसको ढुवानी संगै आवतजावत गरेको ४ लाखभन्दा बढी रकम आफू पसेको पाण्डेले बताउनुभयो ।”

संस्थाले दिन्छु भनेर काम कागज बनायो, यता धेरै सामान आफै किने काम गर्ने इन्जिनियर पैसा आउन्छ भने सामान किन्न लगाउने उताबाट आउने ५ लाख पढाउन्छु भनेको १ लाख ५० हजार मात्र मात्र पठाएको हो । सबै सामान मार्तडी सम्म संस्थाले ढुवानी गरेको थियोे । त्यसबाट छेपिसम्म आफै पैसा लगाएर आफैले ढुवानी गरेको हो । २०७० सालमा सुरु भयो, २०७१ मा सामान ढुवानी गरेर मार्तडी सम्म पुगियो । मार्तडीबाट आफुले गरेर छेपी सम्म ल्याएको हो । सबै सामान जोडेर तल्लो चौरबाट माथिल्लो चौरमा २०७३ सालमा ल्याएको हो । तलको मेसिन कर्णाली फालिएको बल्लतल्ल गरेर माथी निकालेर जोड्न लाग्दा पनि गाउँका समुदाय गर्दा अहिले सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेको छ ।20250329 091416 1

सोलार लिफ्ट सिँचाइ आयोजनाको गाउँले पाइप काटेर त्यहाँ भएको सोलार पाता समेत चोरि भएकोछ । त्यसको मर्मतको लागी गाउँपालिका माग मार्दै बजेट छैनन् भने प्रत्येक वर्ष पालिका संग बजेट सहयोग आग्रह गरेको हो । २०७८ साल अन्तिममा ३० हजार जति सहयोग गर्छौ भने आफुले नलिए फर्किएको उनले बताए । त्यहाँ सबैको लालपुर्जा भएको जमिन छ । सोलार लिफ्ट सिँचाइ आयोजना निरन्तर सञ्चालन भयो भने ३०/३५ जना रोजगारी अवसर पाइने थियो ।

सोलार लिफ्ट सिँचाइ आयोजना सञ्चालन हुँदा टमाटर, आँप , बदाम, अंगुर, फर्सी र काक्रो सहित माघ लगाएर चैत महिनामै फलाएको हो । आफू हेर्न मान्छेलाई ५ महिनासम्म चौकिदार राखेर त्यसको पारिश्रमिक दिए २०७८ सालबाट सोलार लिफ्टिङ सिचाइ छोडिएको हो । छोडिएको केही वर्ष नबित्दै सामान चोरिएको छ । करिब ३ वर्ष बनाउदै लाग्यो, २०७० सम्झौता २०७१ सामान ढुवानी २०७२ निर्माण भयो २०७३ कार्यक्रम सुरु गरिएको हो । खेतिपाती गर्दै गर्दा २०७४ सालमा आयोस्रोत बढ्यो ।20250329 091509

पहिलोपटक डेट किलोग्राम टमाटर फलाएर यताबाट संस्था मार्फत अस्ट्रेलिया पठाएको हो । त्यही बेच्दा केजीको २ लाखभन्दा बढी भयो । अहिले सोलार लिफ्ट सिँचाइ आयोजना असफल गर्ने भनेकै गाउँले गरेका हुन । त्यसमा चारजनाको साझेदारी फर्म दर्ता गरेर सञ्चालन गरेको थियोे । फर्मको दुईपटक राजस्व कर तिरेको छ । फर्म दर्ता भएदेखि दुई वर्षसम्म सञ्चालन ल्याएको हो । त्यसको मर्मत गर्दै ५ वर्ष बित्यो त्यसपछि नसकिने हुँदा छोडिएको हो ।

छेपिमा करिब २० बिगा जमिन ओगटेको ठाउँमा आलु, लसुन, प्याज, हिउँदे बाली गहुँ लगायत लगाउने गरेको थियोे । सबैभन्दा बढी उत्पादन भएको हाइब्रेट टमाटर उत्पादन गरिएको हो । टमाटर बजारीकरण गर्न मुगु रातापानी, कवाडी, कोल्टी र मार्तडी सम्म उत्पादन भएको तरकारीहरु बिक्री हुने गर्थ्यो । सोलार लिफ्ट सिँचाइ संगै सिचाइ टंकी एन साप संस्थाले ४० हजार रकमले बनाएको हो । कृषि ज्ञान् केन्द्र बाजुराबाट ३ लाख पहिलो वर्ष दोस्रो वर्ष जिल्ला भु-क्षय बाजुराबाट ६ लाख लगानी गरेर सिचाइ कुलो बनाएको थियोे । अहिले सबै भौतिक संरचना अलपत्र परेको छ ।20250329 091249

उहाँले बताउनुभयो , “सोलार लिफ्ट सिँचाइ आयोजना दुई वर्ष सञ्चालन आएको हो । अहिले त्यहाँ भएको सोलार पाता, पाइप लगायत सामाग्री चोरी भएको छ । अहिले त्यो ठाउँमा हेर्दा सबै भौतिक संरचना अलपत्र अवस्थामा रहेकोे हिमाली गाउँपालिका – ६ बोल्डिक गाउँका स्थानीय बिनचन्द्र पाण्डेले बताउनुभयो ।”

कमेन्टहरु