मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

अपांग स्वास्थ्य जाँच परिक्षण परिचयपत्रको लागि सिफारिस शिविर सुरु

उमेश रोकाया
२०८१ चैत्र १६ | मध्यान्ह १२:१२ बजे

बाजुरा , चैत १६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका रहेकोे धुलाचौरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अपांग स्वास्थ्य जाँच परिक्षण परिचयपत्रको लागि सिफारिस शिविर सुरु गरिएको छ । हिमाली गाउँपालिका, आई.डि.एस. नेपाल बाजुराको साझेदारी र जिल्ला अस्पताल बाजुराको प्राविधिक सहयोगमा एक दिने अपांग स्वास्थ्य जाँच परिक्षण परिचयपत्रको लागि सिफारिस शिविर सुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर उद्घाटन गरेका छन । जिल्ला अस्पताल बाजुराबा आउनुभएको डाक्टर दोसल्ला सहित अविर लगाएर स्वागत गर्दै सञ्चालन गरिएको छ । सेवा लिन हालसम्म ७८ जनाभन्दा बढीको नाम दर्ता गरिए संगै शिविर सञ्चालन गरिएको अधिकृत भण्डारीले बताउनुभयो ।

उहाँले बताउनुभयो , “पालिका अपाङ्ग परिचयपत्र नभएको व्यक्तिहरुका लागि यो शिविर सुरु गरेका छौँ । पालिका सबै अपांग भएका मान्छेलाई राम्रो अवसर रूपमा पनि मानिन्छ । त्यसैले स्वास्थ्य चेकजाँच अनुसार अपाङ्ग परिचयपत्र सिफारिस हुने भएका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।”

सबैलाई पालैपालो गरेर शिविरको फाइदा लिनु होला । डाक्टर प्रतिक्रिया अनुसार मात्र अपाङ्ग परिचयपत्र वितरण गरिनेछ । यहाँका स्थानियलाई सहज गर्नका लागी आज एक दिने अपाङ्ग परिचयपत्र शिविर सञ्चालनमा ल्याएको अध्यक्ष मल्लले बताउनुभयो ।

कमेन्टहरु