धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

लोक सांस्कृतिक महोत्सव बैशाख ४ गते सञ्चालन गरिने

उमेश रोकाया
२०८१ चैत्र १५ | मध्यान्ह ०८:१२ बजे

बाजुरा , चैत १५ । नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा बैशाख ४ गते हिमाली गाउँपालिका धुलाचौरमा हिमाली लोक सांस्कृतिक महोत्सव सञ्चालन गरिने भएको छ ।

उहाँले बताउनुभयो , “चैत १५ गतेको दिनमा नेपाल देउडा संस्कृती संरक्षण समितिको अध्यक्ष दिपचन्द उपाध्याय अध्यक्षतामा बसेको बैठक निर्णय अनुसार बैशाख ४ गतेको दिनमा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधान पालिका अनुकूल सुहाउँदो भएकोले उपयुक्त व्यक्तिहरुबाट सहमतिका साथ विधान समर्थन गर्न र नेपाल देउडा संस्कृती संरक्षण समितिलाई विधिगत रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।”

नयाँ वर्ष संगै २०८२ बैशाख ४ गतेका दिनमा उद्घाटन सहित हिमाली लोक सांस्कृतिक महोत्सव सञ्चालन गरिने भएको छ । देउडा संस्कृती संरक्षण गर्दै स्थानीय मागल, चम्फा, छैठ, देउडा संस्कृती, हुड्के नाच र बाजाहरु विशेष प्रदर्शन गरिने भएको नेपाल देउडा संस्कृती संरक्षण समिति सचिव रमेश भण्डारीले बताउनुभयो ।

उहाँले बताउनुभयो , “विशेषगरी परम्परागत देखि चलनचल्तीमा स्थानीय लोक सांस्कृतिक पछिल्लो समयमा लोभ हुँदै गएको देखिन्छ । अहिले बजार मात्र होइन गाउँमा पनि विदेशी फेसन भित्र्याएको पाइन्छ । हामी नेपाली हु भन्नलाई गर्ब गर्ने चिज केही छैन । जे रहन सहन चलनचल्तीमा बाहिर मात्र प्रयोग गर्ने पुरानो सांस्कृतिक भुल्दै गएको छ ।”

त्यसलाई रुपान्तरण गर्नका लागी हामीले हिमाली गाउँपालिका धुलाचौरमा आउदै गरेको नयाँ वर्ष लगत्तै बैशाख ४ गते दिनमा हिमाली लोक सांस्कृतिक महोत्सव भव्य रूपमा सञ्चालन गरिने भएको नेपाल देउडा संस्कृती संरक्षण समितिका अध्यक्ष दिपचन्द उपाध्यायले बताउनुभयो ।

नेपाल देउडा संस्कृती संरक्षण समिति अध्यक्ष दिपचन्द उपाध्याय अध्यक्षतामा बैठक बसेको हो । प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि उपाध्यक्ष राजकला सार्की, प्रबक्ता भिमानन्द पाण्डे, नेपाली काङ्ग्रेस बाजुरा जिल्ला कार्यसमिति सदस्य बीरेन्द्र बहादुर मल्ल अतिथि नेकपा एमाले हिमाली गाउँ कमिटी अध्यक्ष नन्दसिङ भण्डारी, नेपाल कृषि संघ केन्द्रिय सदस्य ऐन बहादुर मल्ल, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति उपसभापति तिर्थ मल्ल सहित उपस्थितिमा बैठक सम्पन्न गरिएको नेपाल देउडा संस्कृती संरक्षण समितिले जनाएको छ ।

कमेन्टहरु