प्रधानमन्त्री ओलीले मलाई स्वर्ग पठाए, उनी दलालको पनि दलाल भए : अध्यक्ष दाहाल

नवलपुर टुडे
२०८१ चैत्र १५ | मध्यान्ह ०३:१२ बजे

काठमाडौँ, चैत्र १५। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले आफूलाई स्वर्ग पठाएको बताएका छन्। शुक्रबार (आज) काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन्।
‘उनी नर्कतिर गए, मलाई स्वर्ग पठाए। मलाई जनतामा फर्काए, उनी बिचौलियाहरूको बीचमा गएर दलालको पनि दलाल भए। त्यसका लागि धन्यवाद छ केपी ओलीलाई। सायद उनले सरकारबाट पछाडि नफर्काएको भए हामी रुम्मलिरहन्थ्यौँ कि,’ उनले भने, ‘अहिले पनि उनी उल्टो उल्टो बाटो हिँडेका छन्।’


















