मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन

उमेश रोकाया
२०८१ चैत्र १५ | मध्यान्ह ०३:१२ बजे

बाजुरा , चैत १५ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका धुलाचौरमा नि: शुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । हिमाली गाउँपालिका आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल प्राविधिक सहयोग रुइत फाउण्डेशन काठमाणडौंको आर्थिक सहयोगमा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । शिविर उद्घाटन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर गर्नुभएको छ ।

उहाँले बताउनुभयो , “आँखा हामीसँग भएन काम गर्ने मोतिबिन्दुको सहायताले हिंड्नुपर्छ । स्वास्थ सुरक्षित गर्न पहिला आँखा स्वच्छ हुनुपर्छ । हाम्रो कमाई आफुले कमाइ सकिने अरुलाई कमाई गर्न खर्च गर्नुपर्छ । आँखा देख्न सकियो भने सुन्दर संसार सबै चिज देख्न आँखा स्वस्थ हुनुपर्छ । दुर्गम गाउँपालिका मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले हिमाली गाउँपालिका समन्वय गरेर आँखा शिविर गर्न सफल भएको सुर्खेत रेडक्रस नेपालका अध्यक्ष रामलाल आचार्यले बताउनुभयो ।”

हामीलाई रुइत फाउन्डेसन सहयोग हाम्रो नेपाल रेडक्रस सुर्खेत प्राविधिक सहयोगले चैत १० गतेदेखि १३ गतेसम्म प्रत्येक वडामा आँखा चेकजाँच शिविर सम्पन्न गरेर शिविरबाट मोतिबिन्दु शल्यक्रिया गर्ने मान्छेहरूलाई आज गाउँपालिकामा शल्यक्रिया सुरु गरिएको छ । हामीले विशेषज्ञ डाक्टर मार्फत आँखा अप्रेसन सञ्चालन ल्याएको छ । आँखा दुई तीन वर्ष फरकमा खोजी खोजी गाउँ बाट ल्याउदा आँखा बिग्रेको हुनसक्छ । त्यसको लागि गाउँपालिकामा प्राथमिक आँखा उपचार सञ्चालन गर्न सकियो भने हामीले चस्मा र एउटा कर्मचारी तालीम दिएर यहाँका जनताका लागि सहयोग हुनेछ । कसैको तत्काल अप्रेसन गर्नुपर्ने लाई सुर्खेत अस्पताल गाउँपालिका सिफारिस दिएर पठायो भने हामी सहयोग गर्न तयार भएको सभापति आचार्यले बताउनुभयो ।

उहाँले बताउनुभयो , “आज असाध्यै खुशी लागेको छ । गाउँमा कम्तीमा ५० जना हाराहारी भेटिन्छ भन्ने लागेको थियोे । यो भन्दा पहिला ३/४ वर्ष अगाडि कादुरी संस्था संग समन्वय गरेर १ सय ४ जनाको आँखा उपचार पाएका हुन । दुर्गम गाउँका मान्छे जिल्ला बाहिर धनगढी काठमाडौ जानुपर्ने २० देखि ३० हजार खर्च हुन्थ्यो । अहिले गाउँपालिकामा आँखा शल्यक्रिया शिविर गरेको छ । हिमाली गाउँपालिका जनता मात्र नभएर हुम्ला र मुगु जिल्लाका मान्छेले सेवा पाएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।”

पालिकाका आसपासका जनतालाई सेवा दिनुपर्छ भन्ने हिसाबले शिविर ल्याएको हो । अहिले सबै ठाउँका जनताले आँखा अप्रेसन सेवा गरिएको छ । विशेषगरी पहिलो प्राथमिकता दिएर बिच्छ्या, रुगिन र पाँडी ठाउँका मान्छेलाई अप्रेसन गरियो भने राहत हुने भएको छ । आँखा प्रेसर भयो भने जलबिन्दुमा असर देखिन्छ, उपचार गर्न सकिदैन । त्यसलाई मनन गरेर अप्रेसन राम्रोसँग सफल गर्न डाक्टरलाई सुझाव दिएका छन । आँखा उपचार गर्न टाढा जानुपर्ने दुख हटाउन आँखा विशेषज्ञ डाक्टर ल्याएर शिविर सञ्चालन गरिएको छ । बजेट हिसाबकिताब गर्छौं । सम्भावना भयो भने अर्को आउदो बजेट तथा निति व्यवस्था गरेर प्राथमिक आँखा उपचार केन्द्रको लागि पहल गरिने भएको अध्यक्ष मल्लले बताउनुभयो ।

पहिलो अप्रेसन एक जनावृद्ध जयसुर भण्डारीलाई हिमाली गाउँपालिका अध्यक्ष हातबाट टाउकोमा सामान लगाएर उद्घाटन गरेर सुरु गरिएको छ । शल्यक्रिया शिविर सञ्चालन अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल प्रमुख अतिथि रेडक्रस नेपाल सुर्खेत रामलाल आचार्य अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी ,डाक्टर विक्रम थापा, उपाध्यक्ष राजकला सार्की, प्रबक्ता भिमानन्द पाण्डे लगायत सयौं जनाको उपस्थितिमा मोतिबिन्दु हिमाली गाउँपालिका शल्यक्रिया शिविर सञ्चालन उद्घाटन कार्यक्रम गरिएको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।

कमेन्टहरु