निर्धारित समयको एक घण्टा बितिसक्दा पनि सुरु भएन संसद बैठक

नवलपुर टुडे
२०८१ चैत्र १४ | मध्यान्ह १२:१२ बजे

काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन।
बुधबार कुलमान घिसिङको बर्खास्तीको विषयले प्रतिप्रक्षीले अवरुद्ध गरेको बैठक आजका लागि बोलाइएको थियो। तर, आज पनि निर्धारित समयको सभा घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन।
हिजोको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको बर्खास्तीको विषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेका थिए।
सोमबारको मन्त्रीपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेपछि प्रतिपक्षी दलहरू यसको विरोध उत्रिएका छन्।























