घटना

अस्पतालको छात्राबासमा एक छात्रा झुन्डिएको अवस्थामा फेला

अशोक यादव
२०८१ चैत्र १४ | बिहान १०:१२ बजे

रौतहट । पुर्वमन्त्री एवं मधेसीबादी दलका नेता अनिल झाले खोलेको गजेन्द्र नारायण स्मृति अस्पतालको छात्राबास मै एक छात्रा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

रौतहटको गरुडा नगरपालिका -१ जयनगरमा अवस्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पताल डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा बिहीबार बिहानै छात्राबासको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

डिप्लोमा फार्मेसी पहिलो बर्षमा अध्ययनरत १८ बर्षीय छात्रा रारिका बैठा (नाम परिवर्तन )आफू बस्ने होस्टलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । घटनाको सुचना बिहानै ५ बजे करिब पाए लग्तै देखि अनुसन्धानमा जुटेको प्रहरीले बताए ।

मृतक बारा जिल्ला बिसरामपुर-५ ईटियाही बस्ने (नाम परिवर्तन ) राम बैठाको छोरी रहेको छ । प्रहरीले मृतकका घरपरिवारलाई खबर गरी अनुसन्धान जारी रहेको बताए ।

कमेन्टहरु