मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
सानैको विवाहले जिवनभर पछुतो


बाजुरा , चैत १३ । बाजुरामा बालविवाह गर्ने चलन पहिल देखि अहिले पनि उस्तै रहेको छ । यहाँका स्थानीय सरकार प्रहरी प्रशासनले धेरै पटक जनचेतना फैलाउँने काम गरेपनि अभिभावकको संरक्षणमा तथा बालबालिकाहरुको मिलोमतोमा बालविवाह गर्ने चलन कायम रहँदै आएको हो ।
यसरी सानै उमेरमा विवाह गर्दा यहाँका अधिकाशं महिलाले जिवनभर पछुताउँने गरेका छन् । यसैको एक उदारहण हुन् लालपौडा सार्की । जगनाथ गाउँपालिका वडा नं –६ काप्री सियालीकी लालपौडाकी सार्की आफुले सानै उमेरमा गरेको विवाहले जिवनभर पछुताउँनु परेको बताउनु हुन्छ ।
उहाँले २०७२ सालमा पन्ध्र वर्षकै कलिलै उमेरमा जगनाथ गाउँपालिका –६ का काप्री सियालीका नन्दराम सार्की सँग विवाह गर्नुभयो । सानै उमेरमा पाईतमा टुहरी बनेकी सार्कीले विवाहपछि केही सुःख पाउने आशा गरेकी थिइन । तर विवाह गरेको केही वर्षैमै उहाँका श्रीमान नन्दराम सार्कीको मृत्युभयो ।
सानै उमेरमा साहुको घरमा गाई गोरु चराउँदै बाल्य अवस्थामा हुर्किदै गरेकी उहाँले विवाह फेरी निकै ठुलो दःुख पाउँनुभयो । विवाह गरेको ९ वर्षमै श्रीमानको मृत्यु भएपछि सार्की अहिले एकल हुनुहुन्छ । सानै उमेरमा विवाह गरेका कारणले नै आफुले अहिले यो कलिलो उमेरमा आफुले एकल हुनु परेको सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ त्यति बेलामा आफु सानै भए । जनले जे भन्यो त्यही राम्रो लाग्यो । त्यसैले अरुकै कुरामा मैले पनि सुख पाउँछुकी भनेर विवाह गरेकी हुँ ।” यसरी सानै उमेरमा कोहीको कुरा नसुने र विवाह गरेपछि अहिले आफु न घर न घाट की बन्न पुगेको सार्कीले बताउनुभयो ।
एकल भएपछि अहिले आफ्ुलाई सासु ससुराले समेत घरबाट निकालि दियो । अहिले आफु जम्मा २६ वर्षकी भए । म सँग अहिले एक छोरा छोरी छन् । छोरी गर्भमा भएकै बेलामा उहाँको श्रीमान गाउँमाथि रहेको वनमा रुखमा च्यापिएर मृत्यु भएको हो ।
आफुले पनि सानै उमेरमा आमा बुवा गुमाएकी सार्कीका छोरा र छोरीले पनि सानै उमेरमा वुवा भन्ने शब्द नै गुमाउनु पर्यो । श्रीमानको मृत्यु भएपनि अहिले सार्कीलाई एक छोरा र एक छोरी पाल्न निकै सकस भएको बताउनुुहुन्छ ।
सानै उमेरमा आमा वुवा गुमाउँदा अरुको गाई गोरु हेरेर बाल्यकालमा हुर्किने बेलामा नै विवाह गरेकी हुँ । विवाह गरेपछि केही सुख हुन्छकी भन्ने सोचेकी थिए । उल्टै अहिले त्यो भन्दाबढी दुख भएको सार्कीले भन्नुभयो, “सानै उमेरमा टुहुरी बनेकी म एक जिवन साथी पाए सुख हुन्छ । अहिले न श्रीमान हुनुहुन्छ । न घर छ । नत खाउँ भने गाँस छ । नत लगाउँ भने राम्रो लुगा छ । विवाह गर्ने उमेर यसरी एकल हुँदा कसरी जिवन गुजारौ भन्ने चिन्तामा परेको छ ।
घरबास केही नभएकी सार्कीलाई यहाँको स्थानीय सरकारले समेत केही सहयोग नगरेको छैन् । अहिले गाउँमा प्रधानमन्त्री स्वारोजगार कार्यक्रम सञ्चालनमा छन् । तर उहाँले यो कार्यक्रममा काम पाउँनु हुँदैन् । गाउँका अरुले घरमै काम पाउँने गरेका छन् । तर सार्कीका लागि भने गाउँमा केही काम मिलेको छैन् ।
म एकल महिलालाई काम गर्न सक्दैन भनेर मलाई यो कार्यक्रममा काम नदिने गरेको सार्कीले दुखेसो गर्नु भयो । सार्की अहिले नेपाल सरकारले दिने गरेको एकल भत्ताले दुइ छोरा छोरी र आफ्नो विजन गुजारा गर्दै आउनु भएको छ । उहाँले माईतमा हुँदा पाएको दुख पीडाले विवाह गर्दा पनि छोडेको छैन् । सार्की सानै उमेरमा गरेको विवाहले जिवनभर पुछतो भएको छ । बालकका केही वर्षमा श्रीमान पाएकी सार्कीले जवानी अवस्थामा भने एकल हुनु पर्यो ।
प्रधानमन्त्री कार्यक्रमको मुख्य उद्देश्य भनेको यहाँका व्यरोजगार व्यक्ति एकल महिला घरमा खान लगाउँन नपुग्ने तथा आर्थिक अवस्था कम्जोर भएकाहरुलाई गाउँमै रोजगारी दिने हो । गाउँमा यस्ता धेरै हुन्छन् तर कोटा कम हुन्छ ।
यसको ४० जनाको कोटा हो । यहाँ ६ वडा छन् । ती वडामा यस्ता व्यक्ति पनि धेरै छन् । त्यसैले यहाँ पाउँनु पर्ने धेरै व्यक्ति पनि छुट्ने गरेको जगनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो , यसको फारम वडामा भर्ने गर्दछन् । हामीले त्यहि अनुसार यहाँ कायम गर्ने गर्छौ । उताबाट आएको फारमलाई यतामा हेरफेर गरेर काम गर्ने भएकोले यसको जिम्मेवारी सबै भन्दाबढी वडा नै हो । ” यहाँका धेरैले आफ्ना आफ्ना यसका राख्ने र अरुका फाल्ने भन्ने गरेका छन् । कसै ठाउँमा यो पनि भएको होला । तर हाम्रो यहाँ कोटा नपुगेर नै धेरै व्यक्तिलाई काम दिन नसकेको शाहीले बताउनुभयो ।
यहाँका प्रत्येक गाउँ बस्तीमा बालविवाह चलन नै छ । बालविवाह गरेपनि प्रहरीमा उजुरी भने आउँदैन् । त्यसका कारण गाउँमा बालविवाह गरेको भएपनि यहाँ कसैले उजुरी नगर्ने भएकोले जिल्लामा बालविवाह गर्नेको सङख्या शुन्य रहेको (सुचना अधिकारी ) प्रहरी नीरिक्षक देवबहादुर चौधरीले बताउनुभयो ।























