मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
घरदैलोमा आँखा उपचार हुँदा स्थानीय खुशी


बाजुरा , चैत १३ । घरदैलोमा आँखा उपचार हुँदा स्थानीय खुशी भएका छन । वर्षौंदेखि आँखा कमजोरी भएका मान्छेहरू आँखा उपचार गाउँ घरमा पाएका हिमाली गाउँपालिका अधिकासं स्थानीयहरु धेरै खुशी भएका छन । आँखा चेकजाँच गर्न जिल्ला बाहिर धनगढी सुबिधा सम्पन्न ठाउँमा जानुपर्ने स्थित थियोे । “आजभोलि गाउँपालिका ठुलो सहयोगमा वडामै आँखा चेकजाँच गर्न पाएका छौँ । अहिलेसम्म धेरै यहाँका सर्वसाधारण मान्छे आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई घरदैलोमा आँखा स्वास्थ्य परिक्षा संगै उपचार लिन पाएको हुँदा खुशी भएका हिमाली गाउँपालिका ८० वर्षीय वृद्ध रत्न रावतले बताउनुभयो ।”
उहाँले बताउनुभयो , “सामान्य औषधि उपचार स्वास्थ्य सेवा केन्द्र लिने गरेपनि आँखा विशेष समस्या थियोे । धेरै मान्छे गाउँ बाहिर नजान सक्ने खालको स्थित अवस्थाका मान्छे भएको हुँदा आँखा उपचार अल्झिएका हिमाली गाउँपालिका नि:शुल्क शिविर सञ्चालन हुँदा राहत स्वरुप भएको छ । यसले गर्दा सामान्य देखि आँखा अप्रेसन सम्म आँखा समस्याहरु गाउँ घरमा समाधान गरिएको छ ।” आँखा परिक्षा मात्र नभएर औषधि सहित सस्तो मुल्यमा चस्मा पाएका छौँ । आँखा चेकजाँच संगै चस्मा उपलब्ध हुँदा सामान्य लेखपढ गर्ने केही लेखहरु पढ्न सक्ने मान्छेहरू चस्मा सहयोग धेरै कुरामा सजिलो भएको हिमाली गाउँपालिका स्थानीय धनलाल लवारले बताउनुभयो ।
उहाँले बताउनुभयो , “अहिले हिमाली गाउँपालिका आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल प्राविधिक सहयोग रुइत फाउण्डेशन काठमाणडौंको आर्थिक सहयोगमा आँखा स्वास्थ्य चेकजाँच शिविर संचालन गरिएको छ ।” बाजुराका विकट हिमाली गाउँपालिका आँखा कमजोर भएका स्थानीयले नि : शुल्क आँखा चेकजाँच प्रत्येक वडामा लिएका छन । यहाँका स्थानीयहरु गाउँमा उपचार गर्न पाउस भन्नका निम्ति आँखा शिविर सुरुवात गरिएको हो ।
गाउँका बुढापाखा सबै खुशी भएका छन । गाउँपालिका सात वटा मध्य वडा – ७ बाहेक सबै वडा आँखा शिविर सम्पन्न गरिएको छ । आज वडा नम्बर ७ बाँधुमा हुँदै छ । वडा स्तरीय आँखा शिविरबाट आँखा अप्रेसन गर्नु खालका मान्छेहरु रिफर गरेर पालिका आयो भने चैत १५ र १६ गते नि: शुल्क आँखा अप्रेसन गरिने भएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो ।
उहाँले बताउनुभयो , “धेरै लामो समयपछि हाम्रो पालिकामा आँखा शिविर सञ्चालन गर्न सफल भएका छौँ । यसमा सिङ्गो पालिका मात्र नभएर यहाँका सर्वसाधारण मान्छेहरू निकै खुशी भएका छन । दुर्गम गाउँका मान्छे खर्चिलो गरेर जिल्ला बाहिर जानुपर्ने आँखा चेकजाँच अहिले गाउँ घरमा सेवा प्रदान गरिएको छ । धेरै जसो मान्छेहरु वडा स्तरीय आँखा स्वास्थ्य शिविरमा आँखा परिक्षा संगै औषधि उपचार पाएर गाउँ फर्केका छन । कम मात्रामा वडाबाट जटिल खालको आँखा अप्रेसन गर्ने जस्ता बिरामीलाई हामीले गाउँपालिकामा यहीँ महिनाको १५/१६ गते दुई दिनसम्म सञ्चालन हुने आँखा शिविरमा नि: शुल्क अप्रेसन गरिने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।























