मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
जगन्नाथको पिलुचौरमा एक घरमा आगलागी


बाजुरा , चैत १३ । जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-१ पिलुचौरमा मंगलबार राति एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।
सोही गाउँपालिका-१ पिलुचौर घर भएका स्थानीय जगन्नाथ विष्टको खरले छाएको ६ कोठे तीन तले घर विद्युतको तार सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार आगलागीबाट अन्न,भाँडाकुँडा, लुगा कपडा जलेर सखाप भएको बताए । विद्युतको तार सट भएर आगलागी प्रहरी चौकी कुन्ना पिलुचौर, इलाका प्रहरी कार्यालय स्वामीकार्तिक र स्थानीयको सहयोगमा आगो राति ८ बजे नियन्त्रणमा लिएको बताएका छन् । आगलागिबाट भएको क्षतीको विवरण संकलन भइरहेको प्रहरी निरिक्षक चौधरीको भनाई रहेको छ।
मंगलबार नै बुढीनन्दा नगरपालिका–२ कोल्टी बजारमा व्यापार गर्दै आएका राजेन्द्र केसीको चार कोठे टिनले छाएको गोदाममा आगलागी भएको थियो । केसीको गोदाममा पनि विद्युतको तार सट भएर आगलागि भएको हो ।























