कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिकमा कृषि सामाग्री वितरण


बाजुरा , चैत १२ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे स्वामीकार्तिक खापर गाउँपालिका किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा स्वामीकार्तिक खापर गाउँपालिका ५ जना कृषकहरुलाई तरकारी उत्पादनको लागि आवश्यक सम्पूर्ण सामग्री वितरण गरिएको छ ।
उहाँले बताउनुभयो , “गाउँपालिका विशेषगरी दलित, विदुवा, टुहुरा र विपन्न वर्गका कृषकहरुलाई तरकारी उत्पादनको लागि त्रिपाल, ट्रनेल, थोला सिचाइ पाइप, हजारी र तरकारीले बिउँ लगायत सामग्री वितरण गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर राेकायाले बताउनुभयो ।”
सहयोग गर्ने कृषि कृषि ज्ञान केन्द्र बाजुरालाई धन्यवाद दिएका छन । सानोतिनो सहयोग हाम्रो पालिकाका केही स्थानीय किसानहरुलाई राहत भएको छ । कृषि क्षेत्रमा काम गर्ने यसले एउटा कृषकलाई हौसला प्रदान दिएको छ । यसम थप आवश्यकता सहयोगमा गाउँपालिका तर्फबाट आफू लागिरहेको अध्यक्ष रोकायाले बताए ।























