अपराध

झापाको कनकाईमा श्रीमान-श्रीमती घाँटी रेटिएको अवस्थामा फेला, श्रीमतीको मृत्यु

नवलपुर टुडे
२०८१ चैत्र १२ | बिहान ०८:१२ बजे

झापा । झापाको कनकाई नगरपालिका-५ नारायणदल चोकमा एक दम्पती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमानको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

स्थानीय योगेन्द्र बस्यालको घरमा २/३ महिना अगाडी देखि डेरा गरेर बस्दै आएका अन्दाजी ३९ बर्षका लालबहादुर सार्की र उनकी श्रीमती मनिषा मंग्रान्तीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये मंग्रान्तीको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान लालबहादुरको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

अहिले प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउन सुरु गरेको जनाएको छ । दम्पतीबीच झगडा भएर घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

कमेन्टहरु