घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बडिमालिकामा रुखबाट लडेर एक बालिक घाइते

उमेश रोकाया
२०८१ चैत्र ११ | मध्यान्ह ०८:१२ बजे

बाजुरा , चैत ११ । बडीमालिका नगरपालिकामा रुखबाट लडेर एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही नगरपालिका–८ रापकका अन्दाजी ६ वर्षीय आयान थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् । 

उनले दिएको जानकारी अनुसार सोमबार विहान ८ः३० बजे घर नजिकैको पैयाँको रुखमा चढेर खेल्दै गरेको अवस्थामा उक्त रुखबाट खसेर बालक घाइते भएको बताए । उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याएको भएपनि गम्भीर चोट लागेकाले सेती प्रादेशिक अस्पतालमा थप उपचारका लागि रिफर गरिएको प्रहरी निरिक्षक चौधरीले बताएका छन् ।

कमेन्टहरु