पर्वतमा बलात्कार आरोपमा युवक पक्राउ

नवलपुर टुडे
२०८१ चैत्र ११ | मध्यान्ह ०१:१२ बजे

पर्वत । पर्वतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९, बनौका १९ वर्षीय विजय फगामीमगर छन् ।
१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (चैत १०) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
गएको मंसिर ३ गते उनले बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।























