शहररको मूल सडकमा पानी जमेर खोला परिणत

जगत ठाडा मगर
२०७८ साउन ५ | मध्यान्ह ०७:०४ बजे

बिनोद मण्डल
सिरहा । सिरहाको मिर्चैया नगरपालिकाको मूल सडक अर्थात् पुर्व पश्चिम लोकमार्गको मिर्चैया कटारी चोक देखि थाना चोकसम्म विगतदेखि भग्ना बेश अर्थात् जीर्ण अवस्थामा रहेको मूल सडक स्थानिय सरकार आएपछि पनि स्तर उन्नती नहुँदा कटारीको शीद्धिचरण लोकमार्गको मिर्चैया सडकखण्डमा समेत पानी जमेर हिलाम्य भएको छ ।
आवत जावतमा कठिनाइ उत्पन्न भएको अवस्थामा पनि सडकको पेटीमा अलपत्र राखिएका होमपाइपले गर्दा अवस्था नाजुक भएपनि मिर्चैया नगरपालिकाको उदासिनता स्पस्ट रुपमा देख्न सकिन्छ ।
वातावरणीय प्रदूषणबाट नगरलाई जोगाउन नसकेका मिर्चैया नगरपालिकाको विभिन्न ठाउँमा अव्यवस्थित सहरीकरणको प्रयास जारी रहेको छ । सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित नगरे संभावित दुर्घटनाको जोखिम बढ्न सक्ने अवस्था छ ।























