मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
मुहार फर्दै गाउँका चौतारा


बाजुरा , चैत ११ । गाउँ अधिकाशं बस्तीमा रहेका चौताराले मुहार फेर्दै गएका छन् । गाउँमा हुने सभा गोष्ठि बैठकमा बस्न सहज हुने गरी सबैको पायक पर्ने गरी एक ठाउँमा निर्माण गरिएका ती चौताराको रुप परिर्वतन गर्नका लागि अहिलेको स्थानीय सरकारले रकम दिनथालेपछि चौताराको मुहार फेर्दै गएका हुन् । पुस्ताले निर्माण गरेका ती चौताराको अस्तित्व अहिले पनि उस्तै छ । यहाँका विभिन्न गाउँ बस्तीमा रहेका चौतारामा अहिले पनि गाउँको काम कार्यका लागि स्थानीयको जमघट हुने गरेको हिमाली गाउँपालिका स्थानीय राज मलालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका अधिकाशं चौतारा अहिले परिवर्तन हुन थालेका छन् । पहिलेका पुस्ताले निर्माण गरिएका ती कच्ची चौतारा अहिले पक्की बनाउँदै गएपछि यहाँका चौताराका मुहार परिवर्तन हुन थालेका हुन् ।” अहिले पुस्ताले ती चौतारा निर्माणका लागि स्थानीय तहमा वजेट माग गर्दै आएपछि ती चौतारले मुहार पनि फेर्दै गएका हुन । गाउँको विभिन्न सामाजिक कामका लागि यहाँका स्थानीयको एक ठाउँमा भेला हुने गरी ती यहाँका गाउँ बस्तीमा चौतारा निमार्ण गरेका छन् ।
पहिला ढुङ्डा र माटोले निर्माण गरेका चौतारा मात्र भेटिने गरेका थिए । अहिले ती चौताराको मुहार फर्ने गरी यहाँका पालिकाले रकम लगानी गर्दै आएपछि अहिले सिमेन्ट सरीयाले राम्रो सँग निर्माण गरेको पाइन्छ । यहाँका स्थानीयको गाउँमा कुनै समाजिक काम कार्य गर्नु परेमा त्यसै चौतारामा बसेर सल्लाह गर्दछन् । चौतारा यहाँका स्थानीयको सबैलाई भेट गराउँने एक सामाजिक स्थल पनी हो ।
त्यसैले यो पहिलेका पुस्ताले छोडेर गएको चौतारालाई अहिलेका युवाले समेत उत्तीकै प्राथकिमता दिनेका गरेका छन् । त्यसका लागि यहाँका सबैले एक ठाउँमा जम्मा हुनुपर्छ । त्यसैले यहाँका सबै स्थानीयलाई जम्मा हुने गरी गाउँमा कुनै एक ठाउँमा चौतारा निर्माण गरेका हुन् । अहिले गाउँको केही काम कार्य परेमा यहाँका स्थानीयले त्यसै चौतारामा भेला भएर छलफल गर्ने गर्ने गर्दछन् ।
बाजुराको हिमाली , स्वामिकार्तिक खापर , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह लगायतका पालिकाका गाउँ बस्तीमा चौतारा निर्माण गरेका छन् । गाउँको विकास निर्माणका लागि पालिकाले प्रत्येक वर्षमा रकम छुट्याउँदै आएको छ । यसै क्रममा यहाँका प्रत्येक गाउँ बस्तीमा रहेका चौतार पाटी पौवा बाटो कुवा पँधेरो लगायतका स्थल निर्माणका लागि स्थानीयको आवश्यक माग अनुसार रकम विनियोजन गर्दै आएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलाका पुस्ताले गाउँमा निर्माण गरेका चौतारा अहिलेको युवा पुस्ताका लागि समेत उत्तिकै आवशयक पर्ने गरेकोले त्यसको संरक्षण तथा प्रवद्धन गर्नका लागि समेत रकम दिने गरेका छौ । ” जसका कारण पुर्खाले गाउँको विकासका बारेमा छलफल गर्न एक ठाउँमा बस्न सहज हुने गरी बनाएको चौताराले पछिल्लो समय मुहार फेर्दै गएको अध्यक्ष मल्लले बताउनुभयो ।























