मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

नि:शुल्क आँखा चेकजाँच शिविर संचालन

उमेश रोकाया
२०८१ चैत्र ११ | बिहान ०४:१२ बजे

बाजुरा , चैत ११ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – फैती गाउँमा १ दिने नि:शुल्क आँखा चेकजाँच शिविर संचालन गरिएको छ । हिमाली गाउँपालिका आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल प्राविधिक सहयोग रुइत फाउण्डेशन काठमाणडौंको आर्थिक सहयोगमा १ दिने आँखा चेकजाँच शिविर वडामा संचालन भएको छ ।

उहाँले बताउनुभयो , “आँखा चेकजाँच शिविर संचालन १ सय ९ जना सेवा लिएका छन । पुरुष ५२ महिला ६८ जनाले आँखा नि: शुल्क चेकजाँच संगै औषधि उपचार गरिएको छ । वडामा स्तरीय आँखा शिविरमा २१ जनालाई मोतिबिन्दु अप्रेशनका लागि छनोट गरेर चैत १५ र १६ गते पालिकामा मोतिबिन्दु अप्रेशनका लागि वडाबाट गाउँपालिका रिफर गरिएको हिमाली गाउँपालिका – ४ का वडा अध्यक्ष भिमानन्द पाण्डेले बताउनुभयो ।”

एकै दिनमा वडा ४ फैती र वडा – १ बिच्छया आँखा चेकजाँच शिविर सञ्चालन गरिएको छ । वडा भित्र रहेका जनताहरुले गाउँघरमा आँखा चेकजाँच नि:शुल्क गर्नका लागी पहिलोपटक गाउँमा आँखा शिविर सञ्चालनमा ल्याएको हो । गाउँका विशेषगरी बुढाबुढी घरदैलोमा आँखा परिक्षण गर्न पाउँदा निकै खुशी भएका छन । आँखा चेकजाँच गराउन जिल्ला बाहिर धनगढी जानुपर्ने हुन्थ्यो । अहिले गाउँ घरमै आँखा नि:शुल्क चेकजाँच मात्र नभई उपचार गर्न पाएको हुँदा गाउँका सर्वसाधारण खुशी व्यक्त गरेका छन ।

वडा स्तरमा आँखा चेकजाँच गरेर छनोट गरिएका व्यक्तिलाई मोतिबिन्दु अप्रेशनका लागि चैत्र १५ र १६ गते हिमाली गाउँपालिका घुलाचौर निःशुल्क अप्रेशन गरिने भएको भएको छ । शिविरमा नजिक लेखपढ गर्नेलाई चश्मा शुल्क रु. ४ सय लाग्ने भएको छ । आँखा सम्बन्धि अपांग भएका व्यक्तिलाई समेत चेकजाँच गराएर अपाङ्ग परिचयपत्र दिइने भएको हिमाली गाउँपालिकाले जनाएको छ ।

कमेन्टहरु