मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
अपांगता स्वास्थ्य परिक्षण तथा परिचयपत्र लागि सिफारिस शिविर हुने


बाजुरा , चैत १० । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिका धुलाचौरमा अपांगता स्वास्थ्य जांच परिक्षण तथा परिचयपत्रको लागि सिफारिस शिविर सञ्चालन गरिने भएको छ । पालिका क्षेत्र भित्र अपांगता भएका व्यक्तिहरुलाई चिकित्सक बाट अपांगता जांच गराउन नसकेको तथा चिकित्सकबाट अपांगता प्रमाणित गराउन चैत्र १६ सनिवार शिविर संचालन हुने भएको छ ।
उहाँले बताउनुभयो , “हिमाली गाउँपालिका अन्तर्गत चिकित्सक सेवा नभएको कारण राज्यबाट अपांगताभएका व्यक्तिहरुहरुलाई दिइदै आएको आर्थिक सामाजिक सुरक्षा भत्ता सुविधाबाट बन्चित हुनु परेको नागरिकका समस्यालाई मध्यनजर गर्दै अपांगता स्वास्थ्य जांच परिक्षण तथा परिचयपत्रको लागि सिफारिस शिविर गरिने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।”
हिमाली गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, धुलाचौर बाजुरा, आई.एन.एफ. नेपाल बाजुराको साझेदारीमा र जिल्ला अस्पताल बाजुराको प्राविधिक सहयोगमा कार्यक्रमा लक्षित समुहका सबै व्यक्तिहरुले स्वास्थ्य परिक्षण, उपचार र अपांगता परिचयपत्र पाउने अवसरबाट बन्चित नहुने गरि शिविरमा सञ्चालन गरिने भएको छ । धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनमा शिविर सञ्चालन गरिने भएको छ ।























