खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कर्मचारीले श्रमदान गरेर ब्याडमिन्टन कोड निर्माण


बाजुरा , चैत १० । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिका परिसर भित्र कार्यलयका कर्मचारीहरुले श्रमदान गरेर ब्याडमिन्टन कोड निर्माण गरेका छन । गाउँपालिका सबै कर्मचारी हातेमालो गरेर ब्याडमिन्टन कोड बनाएका छन । पालिकाले सिमेन्ट, बालुवा र गिट्टी उपलब्ध गराएपछि कर्मचारीले श्रमदान गरेर मनोरञ्जन गर्नका लागी एक हप्ता समय लगाएर ब्याडमिन्टन निर्माण गरिएको छ ।
गाउँपालिकाको कार्यालय आउने सेवाग्राही पालिका भित्र रहेका कर्मचारीले फुर्सदको समयमा स्वास्थ्यलाई स्वस्थ राख्नका लागि ब्याडमिन्टन कोड निर्माण गरिएको छ । यसले कर्मचारी मात्र खेल्ने मात्र नभएर पालिका भित्रका नागरिकहरुको मनोरञ्जन लिने खेलका निम्ति बनाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
ब्याडमिन्टन कोड निर्माण गरेपछि कर्मचारी सहित यहाँका अधिकाशं नागरिकहरुले फाइदा लिएका छन । खेल एक मानव जीवनका लागि हुनुपर्ने आवश्यक देखिन्छ । त्यसैकारण पालिकाको परिसरमा पालिकाको भौतिक सहयोगमा कर्मचारीको श्रमदान गरेर ब्याडमिन्टन कोड निर्माणकार्य सम्पन्न गरि सञ्चालनमा ल्याएको हिमाली गाउँपालिकाले जनाएको छ ।























