सुनसरीमा आगलागी, एकलाख मुल्य बराबरको क्षति
देवराजा यादव
२०८१ चैत्र ९ | मध्यान्ह ०६:१२ बजे

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ नरसिंहस्थित यादव टोलमा आगलागी भएकाे छ । शनिबार करिब साढे २ बजे स्थानीय राम किशुन यादवको घरमा भएको आगलागीलाई नेपाल प्रहरी उल्टी, सशस्त्र प्रहरी बल उल्टी र देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको संयुक्त वारुणयन्त्रको सहयोगबाट नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट सामान्य सामाग्री जलेर नष्ट भएको र मानवीय क्षति नभएको प्रहरी चाैकी कार्यालय उल्टीका प्रहरी सहायक निरीक्षक रोशन निराैलाले जानकारी दिए । घरमा भएको आगलागीका कारण खुल्न नसकेको र आगलागीबाट करिब एकलाख मुल्य बराबरको क्षति भएको जनाइएको छ ।


















