कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
किसान खेतीपातीमा व्यस्त


बाजुरा , चैत ०९ । बाजुराका किसान खेतीपाती गर्न व्यस्त रहेका छन् । फागुन अन्तिम सातादेखि बाजुरा जिल्ला हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका लगायत कृषकहरु खेत जोत्ने काममा पछिल्लो समय व्यस्तता रहेकोे देखिन्छ । विशेषगरी गाउँ तिर पुरुष जेठ र असारमा धान रोप्ने बिउ उमार्नुका लागि जग्गामा धान छर्नु खेतीपाती गर्ने काममा लागिपरेका छन् ।
भुवा जग्गामा धान छर्नका लागि गाउँ घरतिर किसानी खेतीकमाइ तिर व्यस्तता रहेका छन । जेठ र असार महिना कामको चाप हुने भएपनि चैत महिना लागे संगै कृषक खेतबारीमा जोत्ने काममा जग्गाजमिन लागिपरेका छन् । खेतीपाती बाह्रै महिना सानोतिनो काम गरिरहेका हुन्छन् , तर खान लाउन वर्षभरि ४ महिनादेखि ६ महिना सम्म धान्ने गरेको हिमाली गाउँपालिका कृषक मोहन रावतले बताउनुभयो ।
जग्गाजमिन धान, गहुँ, मकै र कोदो लगाउने काम गरिन्छ । जति खेतीपाती लगाएको ठाउँको अन्नबाली उत्पादन अहिले घट्दै गइरहेको अवस्था छ । जति खेतबारीमा रातदिन खटिए भएपनि बजारको चामल किनेर खानुपर्ने कहिले हटेको छैन । परम्परा खेती भन्दा नयाँ आधुनिक तरिकाले खेतीपाती गर्न सकियो भने कृषकहरुको जीवन गुजारा गर्न अरु केही नगर्नु पर्ने खालको वातावरण हुने भएको छ ।
आधुनिक तरिकाले कृषि क्षेत्रमा खेतीपाती गर्न सकियो भने उत्पादन भएको अन्नबाली आफू खाएर बजारमा बेच्न मिल्ने हुनेछ । सरकारले किसानका लागि कृषिमा निति तथा कार्यक्रम राम्रो सञ्चालन गर्न सक्यो, भने बल्ल किसानलाई राहत हुनेभएको छ । अहिले गाउँ घरतिर धेरै कृषकहरू खेतबारीमा जोत्न काममा व्यस्तता रहेका हिमाली गाउँपालिका कृषक चन्द्रबहादुर रोकायाले बताउनुभयो ।























