दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको हिमालीमा जिप दुर्घटना हुँदा एक जना घाइते

उमेश रोकाया
२०८१ चैत्र ८ | मध्यान्ह ०७:१२ बजे

बाजुरा , चैत ०८ । बाजुरा जिल्ला पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ४ लेबडी जिप दुर्घटना हुँदा एक जना घाइते भएको छ । कर्णाली करिडोर कुवाडी देखि धुलाचौर आउदै गरेको लु १ ज ४४४५ नम्बरको जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार चालक मुगु खत्याड गाउँपालिका – ९ बस्ने २५ वर्षीय बसन्त लावर्ड भन्ने हुन भने घाइते जिप सह चालक मुगु जिल्ला खत्याड गाउँपालिका – १० का १९ वर्षीय हरिचन्द्र शाहीको टाउको र गर्दन चोट लागेको छ ।

घाइते अवस्था मध्यम छ । चार जना टोलि गएर धुलाचौर स्वास्थ्यमा उद्धार गरिएको छ । घाइतेलाई कोल्टी ल्याउने काम भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु