मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
जनताका नागरिकता बनाउन प्रशासनमा आफै पुग्छन् वडा अध्यक्ष भण्डारी


बाजुरा , चैत ०८ । जनताका नेपाली नागरिकता प्रमाणपत्र दिलाउन आफै सिफारिस गरेर जिल्ला प्रशासनमा कार्यालयमा वडा अध्यक्ष जोख्या भण्डारी धाउने गर्छन् । हिमाली गाउँपालिका – १ का वडा अध्यक्ष जोख्या भण्डारी स्थानीय नागरिकहरुको नेपाली नागरिकता बनाउने काममा आफै नागरिकलाई जिल्ला प्रशासन कार्यालयमा धाएर नेपाली नागरिकता दिलाउने गरेको छ । धेरै जसो वडा अध्यक्ष नागरिकताको सिफारिस बनाएर दिने गर्छन् , तर दुर्गम ठाउँका वडा अध्यक्ष भण्डारी नागरिकता सिफारिस दिएर सम्बन्धि निकायमा पुगेर नागरिकता बिहिन भएका जनतालाई नागरिकता उपलब्ध गराउने गरेका छन । जनतका नागरिकता जिल्ला प्रशासन कार्यालयबाट बनाएर आफू सहित स्थानीयहरु पालिकामा फर्केका छन ।
उहाँले बताउनुभयो , “दुर्गम वडाबाट नागरिकता बनाउन सास्ती खेपिरहेका जनताहरुलाई नागरिकता बनाउन आफुले गरिने सहजीकरणका लागि प्रशासन कार्यालयमा पुग्ने गरेका छन । विगत तीन वर्षदेखि नेपाली नागरिकता बिहिन वडाका १० जना नागरिकलाई जिल्ला प्रशासनमै पुगेर नागरिकता दिलाएको छ । नेपाल सरकारबाट बन्चित भएका वडाका स्थानियहरु नागरिकता पाएपछि खुशी भएका छन ।” सबैलाई राम्रो होस् सुख रहोस् नागरिकता कारणले विभिन्न दुख खेप्नपर्ने अवस्था हट्ने भएको हिमाली गाउँपालिका – १ का वडा अध्यक्ष जोख्या भण्डारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट दश जनालाई नागरिकता हातमा पाएर हिमाली गाउँपालिका फर्किएका छन । आफुबाट सहयोग गर्ने कुरामा तल्लीन कहिले हुने छैन । वडामा विकास निकासका काम आफुले भन्नुभन्दा जनता संग धेरै कुरा थाहा भएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँले बताउनुभयो , “धेरै वर्षपछि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउदा धेरै खुशी भएका छौँ । नागरिकता आफू संग नहुदा हरेक कामकाज देखि सरकारबाट पाउने सेवासमेत बन्चित थियौं । अब नागरिकता पाइसकेपछि सेवा सुविधा पाउने भएका छौँ ।” एक्लै गएपछि नचिनेको ठाउँमा विभिन्न समस्या हुन्थ्यो, आफ्नो वडा अध्यक्ष साथमा हुँदा खेरी नागरिकता बनाउन धेरै सहज भएको हुँदा हामी खुशी भएको हिमाली गाउँपालिका – १ का स्थानीय गौरिलाल बोहराले बताउनुभयो ।























