दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

धुलाचौरबाट कोल्टी जादै गरेको ट्याक्टर दुर्घटना

उमेश रोकाया
२०८१ चैत्र ८ | मध्यान्ह ०२:१२ बजे

बाजुरा , चैत ०८ । बाजुराको पूर्वीउत्तरी भेग कर्णाली करिडोर अन्तर्गत बुढीनन्दा नगरपालिका १ मा ट्याक्टर दर्घटना भएको छ । बिहीवार राति धुलाचौरबाट कोल्टी जादै गरेको ट्याक्टर बुढीनन्दा १ पादुका मन्दिर नजिकै दुर्घटना भएर कर्णाली नदीमा खसेको हो ।

जगन्नाथ गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ४२ बर्षका उत्तम बिष्टले चलाएको से १ च ३४४३ नम्बरको ट्याक्टर एक्कासी अन्यन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक बिष्ट सकुशल उद्धार गरिएको जनाएको छ । उक्त ट्याक्टर सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीको किनारमा खसेको जनाएको छ ।

कमेन्टहरु