मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

हिमाली गाउँपालिका आँखा शिविर संचालन हुने

उमेश रोकाया
२०८१ चैत्र ७ | मध्यान्ह ०७:१२ बजे

बाजुरा , चैत ०७ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका १ दिने आँखा शिविर संचालन हुने भएको छ । हिमाली गाउँपालिका आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल प्राविधिक सहयोग रुइत फाउण्डेशन काठमाणडौंको आर्थिक सहयोगमा १ दिने आँखा शिविर संचालन गरिने भएको छ ।

आँखा जाँच गराउन पालिकाको प्रत्येक वडामा शिविर संचालन चैत्र १० गते आइतबार वडा १ बिच्छया, वडा नम्बर ४ फैती र ११ गते सोमबार वडा नम्बर २ कोट, वडा नम्बर ५ कुवाडी र १२ गते मंगलवार वडा नम्बर ३ बौंडी, वडा नम्बर ६ धिम र १३ गते बुधबार वडा नम्बर ७ को वडा कार्यालय बाँधुमा आँखा शिविर संचालन हुने भएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

विहान १० बजेदेखि २ बजेसम्म नाम दर्ता गराउने भएको छ । नाम दर्ता शुल्क रु. २० रुपैयाँ लाग्ने नजिक लेखपढ गर्नेलाई चश्मा शुल्क रु. ४ सय लाग्ने भएको छ । सबै वडा स्तरमा आँखा शिविर चेकजाँच गरेर मोतिबिन्दु अप्रेशनका लागि छनोट भएकालाई चैत्र १५ र १६ गते हिमाली गाउँपालिका घुलाचौर निःशुल्क अप्रेशन गरिने भएको हिमाली गाउँपालिकाले जनाएको छ । आँखा सम्बन्धि अपांग भएका व्यक्तिलाई समेत चेकजाँच गराएर अपाङ्ग परिचयपत्र दिइने भएको छ ।

कमेन्टहरु