शिक्षा

कोशी प्रदेशबाट एसइईमा ८० हजारभन्दा बढी विद्यार्थी सहभागी

नवलपुर टुडे
२०८१ चैत्र ७ | बिहान ०९:१२ बजे

काठमाडौं । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईअन्तर्गत कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिँदैछन् । धनकुटास्थित शिक्षा विकास निर्देशनालयका अनुसार चैत्र १९ गतेसम्म हुने परीक्षामा साधारण, प्राविधिक र खुला परिक्षार्थीगरी कुल ८० हजार ९ सय ३४ जना विद्यार्थीले परिक्षामा सहभागिता जनाउँदै छन् ।

प्रदेशभर ३ सय ७१ वटा परिक्षाकेन्द्र बनाइएको बताउँदै निर्देशनालयक निर्देशक कृष्णप्रसाद पोखरेलले साधारण धारको नियमिततर्फ ६९ हजार ५ सय ६ जना, ग्रेडवृद्धितर्फ ८ हजार ४ सय ५१ जना रहेको जानकारी दिए ।

त्यसैगरी, प्राविधिक धारको नियमिततर्फ २ हजार ७ सय ११ र ग्रेडवृद्धितर्फ २ सय ६६ जना रहेको उनले बताए । खुला परीक्षार्थीको नियमिततर्फ ३ सय ९६ जना र ग्रेडवृद्धितर्फ ३० जना परीक्षार्थी रहेका छन् ।

निर्देशक पोखरेलका अनुसार परिक्षाको पहिलोदिन अनिवार्य अंग्रेजी, संस्कृत, अरेविक, साहित्यिक भाषाको परीक्षा रहेको छ। निर्देशक पोखरेलले परिक्षाका लागि प्रदेशभर ३ सय ७१ वटा परिक्षाकेन्द्र बनाइएको जानकारी दिए ।

कमेन्टहरु