कोशी प्रदेश

महेन्द्र मोरङमा अखिल क्रान्तिकारीका रोहित विजयी

नवलपुर टुडे
२०८१ चैत्र ७ | बिहान ०८:१२ बजे

मोरङ ।  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन्। यादवले १११८ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रज्वल विष्ट (हक्कु) लाई पराजित गरेका हुन्। विष्टले १०७६ मत ल्याए।

निर्वाचनमा कुल २६३१ मत खसेको थियो। यसैगरी, सचिव पदमा नेपाल विद्यार्थी संघकी सुचित्रा थापा मगर र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशनकुमार पासवान निर्वाचित भएका छन् । सदस्यहरूमा गौतमकुमार मण्डल, मो. साहिन, कौशलकुमार साह (तेली), सुसान्त खसैत, नविन बाबु तिवारी, राशिक सुवेदी, एन्जिला काफ्ले र रामबतकुमार मेहता रहेका छन्।

अधिकांश सदस्य र पदाधिकारी जितेको नेविसंघले अध्यक्षमा भने हार बेहोरेको छ।

कमेन्टहरु