मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरा क्याम्पस नेविसंघ ईकाइ सभापति खड्का चयन

उमेश रोकाया
२०८१ चैत्र ६ | मध्यान्ह ०४:१२ बजे

बाजुरा , चैत ०६ । बाजुरा क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति बलबहादुर खड्का निर्विरोध निर्बाचित गरिएको छ । उपाध्यक्ष तिलकराज उपाध्याय, रेखा नेपाली सचिव शुरेन्द्र बहादुर सेजुवाल, रमेश दानी सह-सचिव खिरि धामी, गाैरा सेजुवाल, काेषाअध्यक्ष टीका जाेशि लगायत १० सदस्यीय सर्बसम्मत रुपमा निर्वाचित गरिएको छ ।
नेपाल बिधार्थी संघ जिल्ला कार्यसमिति बाजुराको आयोजना बाजुरा क्याम्पस मार्तडीमा सदस्यता बितरण तथा संगठन बिस्तार कार्यक्रम संगै नयाँ कार्यसमिति चयन गरिएको छ । क्याम्पसका विद्यार्थीहरूको भेला गराइ नयाँ कार्यसमिति सर्बसम्मत रुपमा निर्वाचित गरिएको छ ।


















