मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
जनता गुनासो सुन्न गाउँमा: अध्यक्ष रोकाया


बाजुरा , चैत ०६ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया जनता गुनासो सुन्न गाउँमा पुग्नु भएको छ । २०७९ निर्वाचनमा विजय भैसकेपछी स्वामीकार्तिक खापर गाउँपालिका सडक, शिक्षा, संचार, स्वास्थ्य, खानेपानी, विद्युत, गाउँका गोरेटो बाटो सहित सिचाइ पुर्वाधार विकास निकै फट्को मार्दै गएको छ । गाउँपालिका विकास कामलाई मध्य नजर गर्दै अहिलेसम्म भैरहेका बिकास थप गर्नुपर्ने कामको सुझाव सल्लाह लिन गाउँ गाउँमा स्थानीय जनता संग भेटघाट तिव्र दिएका छन ।
जनता गुनासो सुन्दै वडामा भएका स्वास्थ्य सेवा केन्द्रमा पुगेर पालिकाको लगानी अनुसार त्यहाँ कार्यालय भएका कर्मचारीले जनतालाई कस्तो किसिमको सेवा प्रदान गरेका छन । स्वास्थ्य सेवाबाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी भएको विषयलाई बुझ्न स्वास्थ्य क्षेत्रमा अनुगमन गरेका छन । अनुगमन गर्दा गाउँमा पाउने जनताले स्वास्थ्य पाउने सबै सेवा गुणस्तरीय काम टेवा पुर्याउने खालको अनुगमन गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।
बाजुरा जिल्लाकै दुर्गम पालिका मानिने स्वामीकार्तिक खापर गाउँपालिका गाउँ गाउँमा भौतिक पुर्वाधार लगायत सडक पहुँचमा पुर्याउन निर्वाचित भएको दिनदेखि अहिलेसम्म लागिपरेका छु । अझ विकासका कामलाई प्रभावकारी बनाउन पालिका बसाई कम गरेर वडा टोल बस्तीमा निर्माणधीन योजना हेरफेर गर्न गाउँ तिर निरन्तर काम गरिरहेको छु । सिङ्गो गाउँपालिकालाई समृद्ध पालिका बनाउन यहाँका स्थानीयहरु कर्मचारी र जनप्रतिनिधि ठुलो भुमिका रहेकोे छ । गाउँमा पुग्दै जनताका जन गुनासो सुनेर आत्मसात गर्दै अगाडि बढिरहेको उनको भनाइ छ ।
हामीले काम गरेको नतिजा अनुसार राम्रो आएको छ । लामो समयदेखि अलपत्र रहेका सडक निर्माण योजनाहरु अहिले अन्तिम चरणमा पुर्याएका छन । आफू निर्वाचन भएर आउनु भन्दा अगाडिको तुलनात्मक रूपमा हेर्ने हो भने निकै विकासको मुहार फेर्दै गएको छ । जनतामा एक किसिमको उत्साह आएको छ । जतिसुकै निर्माण योजनाका काम गरिएका छन, यी सबै जनताको हितका लागी बिकासी काम भएको देखिन्छ । अझ हामीले गर्नुपर्ने कामहरु थुप्रै रहेका छन । यसलाई आफ्नो कार्यकाल भित्र सम्पन्न गर्नका निम्ति निति तथा कार्यक्रम अगाडि बढाएको छ्न ।
विधालयमा गुणस्तर शिक्षा दिनका लागि शिक्षक व्यवस्थापन देखि भवन लगायत भौतिक पुर्वाधार पहिलो प्राथमिकता राखेर काम गरिएको छ । शिक्षालाई पालिकाले सबैभन्दा बढी जोड दिएको छ । यसलाई अझ सुधार गर्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन ल्याएका छन । खेलकुद क्षेत्र पहिलो वर्षको भन्दा अहिले धेरै सुधार भएको छ । यसलाई अझ राम्रो बनाउन आफ्नो कदम निरन्तर रहेकोे छ । आगामी दिनमा शिक्षा र खेलकुद क्षेत्रमा केही फरक हिसाबले अगाडि लैजान आफू सहित सिङ्गो गाउँपालिका लागिपरेका अध्यक्ष रोकायाले बताएका छन ।
स्थानीय सरकार भनेपछि सबैभन्दा नजिकैको सरकार हुँदा जनताले छिटोछरितो सहज रूपमा सेवा सुबिधा पाएका छन । गाउँका गर्भवती महिला र जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम गराएका छौँ । युवा स्वरोजगार बनाउन तालिम प्रदान गरिएको छ । खेलमैदान निर्माण गर्न स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न पुरस्कार सहित व्यवस्था गर्ने गरेको छ । भए गरेका काम गर्न सकिने कामको जनता संग सुझाव सल्लाह लिने घरदैलो भेटघाट गर्ने गरेका छन ।























