राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरद्धारा मकैका पाँच जात सिफारिस गर्ने तयारी

चितवन, चैत ६ राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो ।
किसानलाई चाँडो पाक्ने खालका मकै पनि सिफारिस गरिएको छ । जसमा अरुण–१, २, ३, ४, ५, ६ जातका रहेका छन् । यी मकै लगाएको ८० देखि ९० दिनमा तयारी हुने गर्छन् । अन्य मकै एक सय २० देखि एक सय ५० दिनसम्म लाग्ने रिाजालको भनाइ छ ।
कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिस गरेको छ । अहिले तीन जात सिफारिसको चरणमा रहेको उहाँले बताउनुभयो । सिफारिस गर्न लागिएका जात सिएएच–१५११, सिएएच–११८७, सिएएच–१९ छन् । यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेस र तराईका जिल्लाका लागि सिफारिसको काम भइरहेको रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०७७ देखि हामीले कुनै जातको मकै सिफारिस गरेका छैनाँै, अब पाँच जातका मकै सिफारिसको तयारीमा छौँ ।” यी तीन जात आगामी वर्ष सिफारिस गर्ने तयारी छ । नेपालमा पहिलोपटक सन् २००१ मा गौरव जातको हाइब्रिड मकै सिफारिस गरिएको थियो । त्यसपछि यता रामपुर हाइब्रिड–२, ४, ६, ८, १० लगायत मकै सिफारिस भइसकेको उहाँले बताउनुभयो । हाइब्रिड जातमा नौवटा तराईका लागि हुन् भने एउटा मध्यपहाडका लागि हो । उहाँले भन्नुभयो, “हामीले वंशको मात्रै विकास गर्दैनौँ, मकैमा लाग्ने कीरा नियन्त्रण, माटो सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययनलगायत काम गर्दै आएका छौँ ।”
कार्यक्रमअन्तर्गत अहिलेसम्म किसानले नरुचाएका आठवटा जातलाई सूचीबाट हटाइसकिएको छभने पाँचवटा जातलाई सूचीबाट हटाउन सिफारिसको तयारी थालिएको छ । चलनचल्तीमा नआएका, रोग र कीराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिस गरिने गरिन्छ । यस कार्यक्रमले पहिलोपटक विसं २०३३ मा रामपुर कम्पोजिट मकैको बीउ सिफारिस गरेर बीउ उत्पादनको काम सुरु गरेको थियो ।























