मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

स्वच्छ, मर्यादित तरिकाले वार्षिक परिक्षा सम्पन्न

उमेश रोकाया
२०८१ चैत्र ५ | मध्यान्ह ०७:१२ बजे

बाजुरा , चैत ०५ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका पालिका स्तरीय वार्षिक परिक्षा स्वच्छ, निष्पक्ष र मर्यादित सम्पन्न भएको छ । पालिका स्तरीय वार्षिक परिक्षा फागुन २७ गतेदेखि सञ्चालन गरिएको चैत ५ सम्पन्न गरिएको छ । आधारभूत तह (कक्षा ५ र ८) को अन्तिम सामुदायिक विधालयका विद्यार्थीहरु परीक्षा गाउँपालिकाले परिक्षा लिएको हो । शैक्षिक सत्र २०८१ आधारभूत तह (कक्षा ५ र ८) को अन्तिम परीक्षा बिच्छ्या माध्यमिक विधालय र भवानी माध्यमिक विधालय धुलाचौरमा सहित दुई वटा परीक्षा केन्द्रमा आज सम्पन्न गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अवस्थितले बताउनुभयो ।

पालिका स्तरीय आधारभूत र माध्यमिक तह (कक्षा १,२,३,४,६, ७ र ९) को अन्तिम परीक्षाको केन्द्र पालिका भित्रका २२ वटा सामुदायिक विधालयमा परिक्षा सञ्चालन गरेको हो । पालिका स्तरीय वार्षिक परिक्षा अवधिमा खटिएर लाग्नु हुने शिक्षक कर्मचारी लगायत जनप्रतिनिधिहरुलाई धन्यवाद दिएको छ । वार्षिक परिक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित सम्पन्न गराउने सम्पूर्ण केन्द्राध्यक्ष लगायत सहयोगी शिक्षक र शिक्षिकालाई गाउँपालिकाल्र धन्यवाद व्यक्त गरेको छ ।

पहिलो वर्ष पालिका स्तरीय वार्षिक परिक्षा सिस्टममा ल्याउन विभिन्न समस्यालाई समाधान गर्दै सफल भएका छौँ । पछिल्लो वर्ष परिक्षा गराउदा सजिलोसँग गर्न सकिने वातावरण रहनेछ । हामी शिक्षा सुधार गर्नका निम्ति यो परिक्षा प्रणालीमा ल्याएको हो । पहिलेको वर्षभन्दा अहिले शैक्षिक सुधार हुँदै आएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउने सिङ्गो पालिका निरन्तर लागिपरेको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

कमेन्टहरु